Friday 25th September 2026

अष्ट्रेलियाको सांसद बन्न नेपाली पनि उम्मेदवार


तितोपाटी-यहाँको सत्तारुढ दल लिबरलले नेपाली युवा प्रमेज श्रेष्ठलाई संसद्‌मा उम्मेदवार बनाउने निर्णय गरेको छ । न्यु साउथ वेल्सको लिबरल पार्टीले उनलाई सिड्नीको बार्टन निर्वाचन क्षेत्रबाट उम्मेदवारका रुपमा चयन गरेको हो ।

स्ट्रेलियामा यही मे १८ मा संसदीय निर्वाचन हुँदैछ । निर्वाचनमा उनले लेबरकी नेतृ लिण्डा बर्नी, ग्रिन्सका कोनोर पेरिसिस, युनाईटेड अस्ट्रेलियाका बेन ल्यु लगायतकासँग प्रतिस्पर्धा गर्नेछन् । यस निर्वाचन क्षेत्रले सिड्नीमा नेपालीहरुको सबैभन्दा धेरै बसोबास रहेका क्षेत्रहरु मानिने रकडेल, टेम्पे, वलाईक्रिक, कोग्राहा, हस्ट्रभिल, म्यारिकभिल लगायतका स्थानहरु समेट्छ । श्रेष्ठ अस्ट्रेलियामा रहेका नेपालीहरुको लिबरल पार्टी सम्बद्ध लिबरल फ्रेण्डस् अफ नेपालको युवा संयोजकसमेत हुन् । सत्तारुढ दलले नेपालीलाई संसद्को उम्मेदवारमा सिफारिस गरेको यो पहिलो अवसर हो ।

१ लाख ७ हजार मतदाता रहेको उक्त क्षेत्रमा विपक्षी दल लेबरले अधिकांश निर्वाचनमा जित हासिल गरेको भए पनि लिबरलको समेत राम्रो पकड रहेको क्षेत्रका रुपमा चिनिन्छ । सो निर्वाचन क्षेत्रमा सन् २०१३ मा भएको निर्वाचनमा लिबरलका निकोलास भारभारिसले जित हासिल गरेका थिए भने अघिल्लो निर्वाचनमा लेबरकी नेतृ लिण्डा बर्नि निर्वाचित छिन् । श्रेष्ठले अधिकांश युवाहरुको भोट तान्न सक्ने अनुमान लगाइएको छ ।

‘यो मेरो लागि मात्र नभएर अस्ट्रेलियामा रहेका दोस्रो पुस्ताका नेपालीहरुलाई समेत अघि बढ्न प्रेरित गर्ने अवसर हो ।’ सांसद्का उम्मेदवार बनेपछि उनले कान्तिपुरसँग भने । उनले अस्ट्रेलिया र अस्ट्रेलियाली मात्र नभएर नेपाली तथा नेपालले गर्व गर्नयोग्य काम गर्ने सुनाए । उनले आफ्नो चुनावी अभियान सुरु गरिसकेको समेत जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...