Sunday 26th July 2026

कुवेतस्थित उपचारार्थ पिडित सुमित्रालाई, केबी, द्वारा संकलित रकम सहयोग प्रदान


बसन्त थापा- कुवेतको जहारा अस्पतालमा उपचारार्थ रहेकि पिडित सुमित्रा बिस्वकर्मालाई लामो समय देखी कुवेतमा कार्यरत समाज सेवी, केबी बीस्वकर्मा, द्वारा संकलित रकम ५०१ कुवेती डिनर अर्थात नेपाली ( एक लाख बयासी हज़ार)सहयोग प्रदान गरिएको छ।

पर्वत जिल्ला स्थित मंडी गाऊँ पालिका : ६ घर भएकी सुमित्रा ८ महीना पहीला घरेलु महिलाकामदारको रुपमा कुवेत आएकी हुन । अस्पतालमा भर्ना भएदेखि एजेन्टको रेखदेखमा उपाचार भए पनि स्वास्थ्यमा कुनै फरक परेको छैन। 

ढाड र टिभिको कारण दुबै खुट्टा नचल्ने अबस्थामा रहेकि सुमित्रा कुवेतको जहारा अस्पतालमा बिगत ३ महिनादेखि उपचार गराउदै आएकि छिन।

सुमित्राको परिवारमा एक छोरा एक छोरी छन भने श्रीमानले बहुविवाहा गरि सम्पर्क बिहीन भएको बुझिएको छ।

तीन महीना पहिला सुमित्रा बिक ले आफ्नो उद्दारको लागी लुम्बिनी समाज नेपाल कुवेतलाई अनुरोध गरेको अध्यक्ष हमालले बताए। हमालका अनुसार उक्त पिडितलाई लुम्बिनी समाजले उद्धार गर्ने अभियानमा रहेको र सोही क्रममा  समाजसेवी के बि बिस्वकर्मा द्वारा ५०१ केडी आर्थिक सहयोग संकलन भएको बताउदै उक्त संकलन रकम जहारास्थित उपचार भइरहेको अस्पतालमा पुगी समाजसेवी केबी बिस्वकर्मा र उनका सहयोगीहरुले उपचार सहयोग पिडितलाई हस्तान्तरण गरेको जानकारी दिएका छन।

हमालका अनुसार लुम्बिनि समाज द्वारा सहयोग स्वोरुप १ ह्विल चियर र नेपाल फर्काउने सम्पुर्ण डकुमेन्ट तयार गरीएको र अबको केही दिनमा नेपाल फर्काउने तयारीमा रहेको बताए।


सम्बन्धित शीर्षकहरु

जलवायु परिवर्तनबाट प्रभावित भीषण डढेलोका कारण फ्रान्स र स्पेनमा ३ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। नयाँ स्थानान्तरण आदेश जारी…

यमनका हुथी विद्रोहीहरूले साउदी अरबको जिजान र यान्बुस्थित तेल पूर्वाधारलाई निशाना बनाएको दाबी गरेका छन्। आक्रमणको आधिकारिक पुष्टि नभए पनि…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई सम्बोधन गर्दै दिएको "एक पटकको नेपाली, सधैँको नेपाली" भन्ने अभिव्यक्तिले विदेशमा रहेका लाखौँ…

प्रतिकृयाहरू
...