Sunday 25th October 2026

कुवेतस्थित उपचारार्थ पिडित सुमित्रालाई, केबी, द्वारा संकलित रकम सहयोग प्रदान


बसन्त थापा- कुवेतको जहारा अस्पतालमा उपचारार्थ रहेकि पिडित सुमित्रा बिस्वकर्मालाई लामो समय देखी कुवेतमा कार्यरत समाज सेवी, केबी बीस्वकर्मा, द्वारा संकलित रकम ५०१ कुवेती डिनर अर्थात नेपाली ( एक लाख बयासी हज़ार)सहयोग प्रदान गरिएको छ।

पर्वत जिल्ला स्थित मंडी गाऊँ पालिका : ६ घर भएकी सुमित्रा ८ महीना पहीला घरेलु महिलाकामदारको रुपमा कुवेत आएकी हुन । अस्पतालमा भर्ना भएदेखि एजेन्टको रेखदेखमा उपाचार भए पनि स्वास्थ्यमा कुनै फरक परेको छैन। 

ढाड र टिभिको कारण दुबै खुट्टा नचल्ने अबस्थामा रहेकि सुमित्रा कुवेतको जहारा अस्पतालमा बिगत ३ महिनादेखि उपचार गराउदै आएकि छिन।

सुमित्राको परिवारमा एक छोरा एक छोरी छन भने श्रीमानले बहुविवाहा गरि सम्पर्क बिहीन भएको बुझिएको छ।

तीन महीना पहिला सुमित्रा बिक ले आफ्नो उद्दारको लागी लुम्बिनी समाज नेपाल कुवेतलाई अनुरोध गरेको अध्यक्ष हमालले बताए। हमालका अनुसार उक्त पिडितलाई लुम्बिनी समाजले उद्धार गर्ने अभियानमा रहेको र सोही क्रममा  समाजसेवी के बि बिस्वकर्मा द्वारा ५०१ केडी आर्थिक सहयोग संकलन भएको बताउदै उक्त संकलन रकम जहारास्थित उपचार भइरहेको अस्पतालमा पुगी समाजसेवी केबी बिस्वकर्मा र उनका सहयोगीहरुले उपचार सहयोग पिडितलाई हस्तान्तरण गरेको जानकारी दिएका छन।

हमालका अनुसार लुम्बिनि समाज द्वारा सहयोग स्वोरुप १ ह्विल चियर र नेपाल फर्काउने सम्पुर्ण डकुमेन्ट तयार गरीएको र अबको केही दिनमा नेपाल फर्काउने तयारीमा रहेको बताए।


सम्बन्धित शीर्षकहरु

 अमेरिका–इजरायल र खाडी मुलुकलाई तेहरानको चेतावनी इरानले अमेरिका र इजरायलबाट पुनः सैन्य आक्रमण भए त्यसको जवाफ खाडी क्षेत्रका अमेरिकी सैन्य…

फ्रान्सभर शनिबार लाखौं नागरिक प्रदर्शनमा सहभागी भए । फ्रान्सको गृह मन्त्रालयका अनुसार देशभर ४ लाखभन्दा बढी मानिस सडकमा उत्रिएका थिए,…

वासिङ्टन । इरानले विदेशमा रहेका अमेरिकी नागरिक तथा अधिकारीलाई निशाना बनाउने प्रयास तीव्र पारेको अमेरिकी गुप्तचर निकायले चेतावनी दिएपछि अमेरिकाले…

प्रतिकृयाहरू
...