Sunday 17th May 2026

मोना कुवेतको ऐतिहासिक प्रथम अधिबेशन सम्पन्न, अध्यक्षमा प्रेम बहादुर बिश्वकर्मा चयन


तितोपाटी – म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको ऐतिहासिक प्रथम अधिबेशन समारोह साथै साँस्कृतिक कार्यक्रम फवार्निया स्थित अडिटोरियम हलमा हिजो ८ तारीक सुक्रवारको दिन सम्पन्न भएको छ । उक्त ऐतिहासिक प्रथम अधिबेशन समारोहले प्रेम बहादुर बिश्वकर्मा लाई सर्वसम्मत अध्यक्षमा चयन गरेका छन ।

मोना कुवेतको संयोजक प्रेम बहादुर बिश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिमा नेपाली राजदुतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्मा रहेका थिए भने विशेष अतिथिमा गैर आवासीय नेपाली संघ कुवेतकी अध्यक्ष सुमित्रा देबि पौडेल रहेकी थिइन ।

कुवेतमा कृयाशिल विभिन्न संघ सस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, समाजसेवी लगायत कलाकारहरु अतिथि रहेका थिए । कार्यक्रममा बिमल पुनले  स्वागत मन्तव्य दिएका थिए । कार्यक्रम संचालन चन्द्र बिश्वकर्मा र  कृष्ण प्रसाद खड्काले गरेका थिए भने कार्यक्रम संयोजक खिम गिरि रहेका थिए ।

संस्था र कार्यक्रमको बारेमा सल्लाहकार तिलक भण्डारीले प्रष्ट पारेका थिए भने  मोना अन्तर्राष्ट्रिय कार्यसमिति द्वारा एक करोड महिला तथा बालबालिका अक्षयकोष स्थापनको लागि मोना कुवेतले पनि उक्त अक्षयकोषमा एक लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । स्थापनाको छोटो समय मै देश तथा बिदेशमा रहेका पिडितहरूलाई सहयोग गर्दै मोना कुवेतले कुवेत बाट निकै उदाहरणीय कार्यहरू गर्दै आएको छ।

उक्त कार्यक्रममा जनजागृती युवा क्लबका अध्यक्ष टिकाराम आचार्य, नयाँ शक्ति नेपाल कुवेतका महासचिब जयनारायण थारु माझी, सुदुरपश्चिमेलि सेवा समाल नेपाल कुवेतका अध्यक्ष अमर खडका , आदिवासी जनजाती महासंघ कुवेतका महासचिब मन्जित चाम्लिङ राइ, एनआरएनए कुवेतका अध्यक्ष सुमित्रादेबि पौडेल र नेपाली दूतावास कुवेतका श्रम सहचारी  लगायले शुभकामना मन्तव्य राखेका थिए । भने कार्यक्रममा नेपाल कुवेत साँस्कृतिक मंच, अन्तर्राष्ट्रिय कलाकार समाज कुवेत, अन्तर्राष्ट्रिय कलाकार मंच कुवेत, लालिगुरास साँस्कृतिक परिवार कुवेतका कलाकार लगायत अन्य कलाकारको सांगीतिक प्रस्तुतीले कार्यक्रम हल सांगितमय बनेको थियो।

उक्त अधिबेशन समारोहमा निर्वाचन प्रमुख नन्द बहादुर बरुवाल, रुपेन हमाल र तिलक भण्डारीको निर्वाचन मण्डलले २१ सदस्यीय कार्यसमिति घोषणा गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिलाई मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरेको थियो । त्यसै गरि सस्थाका महिला उपाध्यक्ष आशा बस्याल र सदस्य फुलमाया पुन लाई पनि दोसल्ला ओढाएर कदर पत्रले सम्मान गरेको थियो । कार्यक्रममा बेजोड सांगीतिक प्रस्तुति दिई कार्यक्रम लाई सांगितमय बनाउने सम्पुर्ण कलाकारहरु लाई खादा लगाइ सम्मान पत्रले सम्मान गरेको थियो ।

अन्त्यमा कार्यक्रमको समापन गर्दै सभापति प्रेम बहादुर बिश्वकर्माले  कार्यक्रम भब्य र सभ्य रुपमा सफल पार्न उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, समाजसेवी , बुद्धिजीवी, भद्रभलाद्मि, व्यबसायी, पत्रकार, कलाकार साथै सम्पूर्ण उपस्थित नेपाली दाजुभाइ तथा दिदिबहिनीलाई हार्दिक धन्यवाद व्यक्त गर्दै कुवेतमा कृयाशिल विभिन्न संघ सस्थाहरु संग सहकार्य गरि अगाडि बढ्ने बताएका थिए ।

मोना कुवेतको नवनिर्वाचित २१ सदस्यीय कार्यसमिति यस प्रकारको रहेको छ ।

अध्यक्ष- प्रेम बहादुर बिस्वकर्मा

महिला उपाध्यक्ष- आशा बस्याल

उपाध्यक्ष- दीपक छन्त्याल

उपाध्यक्ष- खिम गिरी

उपाध्यक्ष- मान बहादुरक फगामी

महासचिव- चन्द्र बिस्वकर्मा

सचिव- शेर सुनार

सह-सचिव – तेजिन श्रेष्ठ

कोषाध्यक्ष -कृष्ण बहादुर खड़का

सह-कोषाध्यक्ष- तुल बहादुर पुन

सदस्यहरु – अर्जुन शाही, खेम परिवार, झलक बरुवाल, चित्र बहादुर विस्वकर्मा, बाबुराम गौतम, लालू परियार, रवीन जुग्जाली, जस विस्वकर्मा, बिमल पुन, लोकेन्द्र फगामी र अमर कटवाल रहेका छन ।


सम्बन्धित शीर्षकहरु

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ…

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

प्रतिकृयाहरू
...