Saturday 24th October 2026

एनआरएनए कुवेतले मृतक अमृताको परिवारलाई गर्यो आर्थिक सहयोग


तीतोपाटी- एनआरएनए एनसिसि कुवेतद्धारा पाल्पा जिल्ला रैनादेबी छहरा गाउँपालिका –४ घर भई घरेलु कामदारको रुपमा कुवेतमा कार्यरत रहेको अबस्थामा मृत्यु भएकी अमृता दमाईकी परिवारलाई आर्थिक सहयोग गरेकोे छ ।

आमाको मृत्यु पश्चात अबिभाबक बिहिन भएका बच्चाहरुलाई केहि हद सम्म भए पनि राहत होस भन्ने उदेश्यले उक्त आर्थिक सहयोग गरिएको एनसिसि कुवेतका अध्यक्ष सुमित्रादेबी पौडेलले बताएकी छिन ।

एनसिसि कुवेतको राहत कोषबाट कुवेती दिनार १३७ केडि ६६० फिल्स अर्थात नेपाली रुपैया ५१,००० (एकाउन्न हजार रुपैया) मृतकका आफन्त विष्णु दर्जीलाई BEC Money Exchange मार्फत उक्त सहयोग रकम एनसिसि कुवेतले पठाएको थियो  ।

मृतकको शब नेपाल पठाउन समस्या भएको समाचार बाहिर निस्केपछि एनसिसि कुवेतले त्यस बिषयमा चासो लिएको थियो तर अन्तत नेपाली दुताबास कुवेतले नै मृतकको शब नेपाल पुर्याउने सम्पुर्ण ब्यवस्था मिलाएको थियो ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि फेरि सैन्य कारबाही गर्न सक्ने ट्रम्पको चेतावनी, ‘एपिक फ्युरी’ दोहोर्‍याउने सङ्केत 6 वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध…

राजनीतिमा सबैभन्दा धेरै देखिने व्यक्ति नै सबैभन्दा धेरै प्रभावशाली हुन्छ भन्ने छैन। कहिलेकाहीँ मञ्चमा उभिएर भाषण गर्नेभन्दा पर्दापछाडि बसेर निर्णयको…

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

प्रतिकृयाहरू
...