Sunday 25th October 2026

साउदी जेलभित्र तीन नेपाली महिला सुत्केरी, बाबुको पहिचान छैन्


तीतोपाटी- साउदी अरबस्थित नेपाली दूतावासले आफ्नो सेल्टरभित्र सुत्केरी भएकी महिलालाई नेपाल फर्काउन सकेको छैन । बाबुको पहिचान नभएका शिशुको ट्राभल डकुमेन्ट बनाउने स्पष्ट आधार नभएकाले सुत्केरीलाई फर्काउन नसकिएको दूतावासले जनाएको छ ।

माघ १५ गते सेल्टरमै सुत्केरी भएपछि एम्बुलेन्स बोलाएर अस्पताल पठाइएकी ती महिलालाई डिस्चार्ज भएलगत्तै दूतावासले डिपोर्टेसन सेन्टर ९जेल० पठाएको छ । एकमहिने शिशुलाई सेल्टरमा राख्न नसकिने भएकाले प्रहरीको सहयोगमा सेन्टर पठाएको राजदूत महेन्द्रसिंह राजपुतले जानकारी दिए ।

बच्चाको बाबु पहिचान नभएकाले उनीहरू तत्काल स्वदेश फर्कन पाउने स्थिति छैन । ‘आमालाई पठाउन समस्या छैन, शिशुलाई पठाउन समस्या हो,’ राजपुतले भने, ‘बाबुको पहिचान भएको छैन । यस्तो अवस्थामा कसरी ट्राभल डकुमेन्ट जारी गर्ने भनेर हामी अलमलमा परेका छौं ।’

साउदी जेलमा तीन सुत्केरी महिला शिशुसहित बसेका छन् । उनीहरू सबै जना घरेलु कामदार (हाउसमेड) हुन् । कुवेतबाट साउदी ल्याइएका ती महिलाका शिशुको बाबुको पहिचान खुलेको छैन । “यी महिलाको सवालमा दुई समस्या छ एक यीनीहरुदे एक्जिट भिसा (निश्कने भिषा) र बच्चाको ट्राभल भिसा बनेको छैन्”, उनले भने नेपाली बाबु भए समस्या छैन् ।


सम्बन्धित शीर्षकहरु

युक्रेनका राष्ट्रपति Volodymyr Zelenskyy ले देशका विभिन्न क्षेत्रमा इन्टरनेट सेवाको गति अपेक्षित स्तरमा पुगेको बताएका छन्। उनले सामाजिक सञ्जाल एक्स…

 अमेरिका–इजरायल र खाडी मुलुकलाई तेहरानको चेतावनी इरानले अमेरिका र इजरायलबाट पुनः सैन्य आक्रमण भए त्यसको जवाफ खाडी क्षेत्रका अमेरिकी सैन्य…

फ्रान्सभर शनिबार लाखौं नागरिक प्रदर्शनमा सहभागी भए । फ्रान्सको गृह मन्त्रालयका अनुसार देशभर ४ लाखभन्दा बढी मानिस सडकमा उत्रिएका थिए,…

प्रतिकृयाहरू
...