Saturday 24th October 2026

अमेरिकाको न्यूयोर्क सिटी द्वारा अन्तर्राष्ट्रिय झापाली समाजलाई सम्मान


तीतोपाटी-अन्तर्राष्ट्रिय झापाली समाजलाई न्यूयोर्क सिटीले सम्मान गरेको छ । संसारभरी छरिएर रहेका प्रवासी झापाली नेपालीहरुको साझा संगठन ‘अन्तरराष्ट्रिय झापाली समाज’ लाई आज एक कार्यक्रमका विच कहिल्यै नसुत्ने शहर न्यूयोर्कले सम्मानित गरेको हो ।

International Mother Language Day को अवसरमा  गत २६ फेब्रवरीको दिन न्यूयोर्कमा आयोजित कार्यक्रममा सो सम्मान प्रदान गरिएको थियो ।त्रिभुवन अन्तरराष्ट्रिय विमानास्थललाई चटक्क पारेर सफा गरेको टोलीलाई भद्रपुर लगेर त्यहांको चन्द्रागढी विमानस्थल, विमानस्थल भित्रको बगैंचा निर्माण र सरसफाई, विमानास्थलको पुरै क्षेत्रको तात्कालिक तथा दिर्घकालिन सर-सफाई, टोमासी गाउंपालिकामा भुकम्प पीडितका लागि २० घर निर्माण, झापाका बिभिन्न स्थानमा बिद्धालय निर्माण, पुस्तकालयलाई सहयोग, शैक्षिक सामग्री वितरण जस्ता सामाजिक कामका लागि दश करोड भन्दा बढी रकम सहयोग गरिसकेको अन्तर्राष्ट्रिय झापाली समाजलाई संसारको सभ्रान्त मुलुकको शहरमा सम्मानित हुन पाउंदा खुशी लागेको बताउदै ‘सम्मानले उत्साह थपेको कुरा ब्यक्त गर्छन अझासका उपाध्यक्ष प्रमोद सिटौला ।

यस्तै न्यूयोर्क नगरसंग नेपाल राष्ट्रको झन्डा, नेपालीत्व र सांस्कृतिक सम्पदाको शानले नजिक भएर काम गर्ने नेपाली संस्थाहरु एनआरएन अमेरिका, न्यूयोर्क च्याप्टर, यसका अध्यक्ष रामहरी अधिकारी, रक्तदान लगायत बिभिन्न सामाजिक कार्यक्रममा सकृय वागलुङ्ग तथा धादिङ्ग समाजका क्रमस अध्यक्ष हरी शर्मा र अध्यक्ष दिवाकर पाण्डेलाई समेत नगरले सम्मान गरेको छ ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि फेरि सैन्य कारबाही गर्न सक्ने ट्रम्पको चेतावनी, ‘एपिक फ्युरी’ दोहोर्‍याउने सङ्केत 6 वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध…

राजनीतिमा सबैभन्दा धेरै देखिने व्यक्ति नै सबैभन्दा धेरै प्रभावशाली हुन्छ भन्ने छैन। कहिलेकाहीँ मञ्चमा उभिएर भाषण गर्नेभन्दा पर्दापछाडि बसेर निर्णयको…

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

प्रतिकृयाहरू
...