Wednesday 26th August 2026

अस्ट्रेलियाको समुन्द्रमा फेरि नेपाली बेपत्ता


तीतोपाटी-एकपछि अर्को घटनाक्रमले ब्यापकता पाएको अस्ट्रेलियाको नेपाली समुदायमा फेरि सोमबार एउटा नराम्रो समाचार आएको छ।

यहाँको समाचार संस्था च्यानल सेभेनले सिड्नीबाट करिब सय किलोमिटरको दूरीमा रहेको समुन्द्री तटमा पौडी खेल्न गएका एक नेपाली विद्यार्थी समुन्द्रमा बेपत्ता भएको जनाएको छ।

सिड्नीको रोयल नेशनल पार्कमा रहेको फीगर एट पुल्स भन्ने समुन्द्री पोडी पोखरी नजिकै सो घट्ना घटेको जनाएको छ।

साथीसँग घुम्न गएका २२ वर्षिय किङ्स वन इन्सीच्यूटमा पढिरहेको एक नेपाली युवा पौडी खेल्ने क्रममा समुन्द्रमा बेपत्ता भएपछि उनको उद्धार जारी रहेको स्थानीय प्रहरीले जनाएको छ।

न्युसाउथवेल्सका माहाबाणिज्यदूत दिपक खड्काले हराइरहेको ब्यक्ति नेपाली विद्यार्थी भएको र उनको परिवारसम्म पुग्ने कोशिश गरिरहेको बताए।

माहावाणिज्यदूत खड्काले न्यु साउथवेल्स प्रहरीसँग नजिकमा रहेर बेपत्ता विद्यार्थीको खोजीमा आफूहरू लागिरहेको बताए।

अस्ट्रेलियाको समुन्द्री तटमा पौडी नजानेका कारण दुर्घटनामा परि पछिल्लो वर्ष मात्र करिब आधा दर्जन नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए।

यसरी एकपछि अर्को दुर्घटना हुँदै गर्दा पनि घटनाक्रम नरोकिनुले पानी सुरक्षा सम्बन्धी ज्ञानको अभाव स्पष्ट रुपमा देखिएको छ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...