Sunday 26th July 2026

प्रांण रक्षाको लागि अस्पतालको सैय्याबाटै क्यान्सर पीडितको अपिल


तितोपाटी – विगत १ महिनादेखि पाठेघर क्यान्सरको उपचार गराइरहेकी झापा हल्दिवारीकी ४० वर्षीया तारा गुरूङले आफुूलाई बचाइदिन सबैमा अनुरोध गरेकी छिन् । युएईको अलऐनस्थित तवाम अस्पतालमा उपचार गराइरहकी उनको स्वास्थ्य बिमाले औषधीलगायत अन्य उपचार सम्भव नभएपछि आर्थिक सहयोग गर्न सबैमा अपिल गरेकी हुन् ।

विगत ६ बर्षदेखि रोजगारीको सिलसिलामा युएई आएकी गुरूङ गत नोभेम्बरमा सामान्य बिरामी परि उपचारको लागि अस्पताल जाँदा पाठेघरको क्यान्सर भएको थाहा पाएकी थिइन् ।

श्रीमानले अर्को बिहे गरेपछि एक्लो बनेकी २ छोराको तारा माइतीको साहरामा झापामा बस्दै आएकी थिइन् । आफ्ना दुई छोराहरुको उज्वल भविष्यको सपना बोकेर युएई आएकी उनी परदेशी भूमिमा क्यान्सरसँग लडिरहँदा कस्को मन नदुख्दो होला र ? उनी उपचारसँगै एक हप्तोखि तवाम अस्पतालको निःशुल्क आवास गृहमा बस्दै आएकी छिन् ।

अलऐनको एक प्रतिष्ठित क्लिनिङ कम्पनीमा काम गर्दै आएकी तारा आकस्मत यसरी बिरामी पर्दा कम्पनी पनि अन्योलमा पर्यो । कम्पनीले आफ्ना सबै कामदारको बिमा त गरेको थियो । तर बिमा कम्पनीले विविध कारण देखाउँदै ताराको उपचारमा समस्या आएको थियो ।

बिमाको समस्या आएपछि उनी काम गर्ने स्कुलका शिक्षकशिक्षिकाहरूको व्यक्तिगत पहलमा करिब साढे ३ लाख रूपैयाँ अर्थात् (१० हजार दिराम) अस्पतालमा जम्मा गरि उपचार शुरू गराएका थिए ।

उपचारसँगै अस्पतालको निःशुल्क आवास गृहमा बस्दै आएकी उनलाई नेपाली दुतावासको बिशेष पहलमा बिमा नविकरण गराई उपचारमा सहज पारिएको बिरामी कुरूवा सरस्वती बास्तोला बँताउछिन् । मासिक ८ सय दिराम तलबले २ छोराहरूको पढाई, घरखर्चमा नै सकिएकोले बचत नभएको तारा बँताउछिन् ।

झापाली समाज युएई क्षेत्रिय समिति अलऐनका सदस्य समेत रहेकी तारालाई एनआरएनए अलऐनलगाउत विभिन्न सामाजिक संघसस्थाहरूले आर्थिक सहयोग गरिरहेका छन् ।


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई सम्बोधन गर्दै दिएको "एक पटकको नेपाली, सधैँको नेपाली" भन्ने अभिव्यक्तिले विदेशमा रहेका लाखौँ…

मलेसियाले एक अमेरिकी–इजरायली दोहोरो नागरिकलाई देश छोड्न निर्देशन दिएको छ। मलेसियाली अधिकारीहरूले उक्त व्यक्तिसँग इजरायली नागरिकता रहेको पत्ता लगाएपछि यस्तो…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि जारी सैन्य कारबाहीमा केही समयका लागि रोक लगाउने निर्देशन दिएको बताइएको छ। अमेरिकी अधिकारीहरूलाई उद्धृत…

प्रतिकृयाहरू
...