Wednesday 26th August 2026

युएइमा एक हप्ता भित्र २ जना नेपाली कामदारको मृत्यु


तितोपाटी – संयुक्त अरब इमिरेट्समा (युएई) मा एक सातामा २ जना नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेहरू दुबै जना गोरखा जिल्लाका भएको बुझिएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा युएई आएका गोरखा जिल्ला पृथ्वीनारायण नगरपालिका,५ बतासेका हिमाल रानामगर र सोही जिल्ला शहिद लखनथापा गाँउपालिका,५ तिनमाने,काँउलेका रन बहादुर रानाको मत्यु भएको हो। बिगत १६ बर्ष देखि युएईको आबुधावी स्थित सर्भन मिना स्काइफोल्डर कम्पनीमा काम गर्दै आएका हिमाल रानामगरको गत बिहिवार (फेब्रुअरी ७) मा ह्दयघातका कारण मत्यु भएको थियो।

उनको शव शुक्रबार नेपाल पठाई सकिएको दुतावासकी द्दितिय सचिव बिष्णु कुमारी अधिकारीले बताइन्। कम्पनीबाट हिमालले काम गरे बापत पाउने सेवा सुबिधा रकम पनि यसै महिना दुतावासले परराष्ट्र मन्त्रालय मार्फत नेपालमा निजको परिवारलाइ पठाउने अधिकारीले बताइन्।

२ बर्ष पहिले रोजगारिको सिलसिलामा युएइ आएका रन बहादुर राना युएईको शारहजामा किल्निङ् कम्पनीमा कार वासको रुपमा काम गर्थे। घरबिदामा गएका राना नेपालबाट फर्केको ३ दिनपछि सोमबार (फ्रेबुअरी ११) मा खाना खाई सुतेकाकामा मृत अवस्थामा फेला परेका थिए ।

उनको शव अहिले शारहजाको कुवेती अस्पतालमा राखिएको छ। छिट्टै कानुनी प्रकृया सकेर उनको शव नेपाल पठाउने तयारी भैरहेको दुतावासका द्दितिय सचिव अधिकारीले बताइन्।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...