Friday 25th September 2026

कतारमा हृदयघातबाट २ नेपालीको मृत्यु


तीतोपाटी-दुई हप्तामा कतारको एलजी कम्पनीमा कार्यरत्त दुई नेपाली कामदारको हृदयघातबाट ज्यान गएको छ । ज्यान जानेमा धनुषा जनकपुरका ४८ वर्षका उदय नारायण सदा र झापा बुधबारेका ५१ वर्षका रवि राई छन् ।

कतारको सनायामा रहेको एलजी कम्पनीमा कार्यरत्त जनकपुरका उदय नारायणको शुक्रबार विहान कम्पनीमा काम गर्दै गरेको बेला हृदयघात भएर मृत्यु भएको हो । यस्तै सोहि कम्पनीमा कार्यरत्त झापा बुधबारेका रविको १५ दिनअघि हदयघातबाट मृत्यु भएको कम्पनीमा कार्यरत्त नेपाली कामदार सूर्य खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार रविको शव एकहप्ता अघि नेपाल पठाइसकिएको र उदयनारायाणको शव नेपाल पठाउने तयारी भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...