Wednesday 29th July 2026

इन्जिनियरको पढाइ छाडेर कलाकारिताको रोजाई


तीतोपाटी- नेपाल भित्रको सानो नेपालको नामले परिचित बाग्लुङ जिल्ला प्राकृतिक रुपमा निकै सुन्दर छ । त्यहि सानो नेपालको एक युवा एक दिन ठूला सपना र उद्देश्यको भारी बोकेर राजधानी छिर्छन् । लामो कपाल सुरीलो स्वर मन्द मूस्कानमा थारै लजालुपनले भने उनले सबैलाइ आफ्नो बसमा पार्नमा माहिर मानिन्छन् नविन ।

अन्जान शहर, नचिनेका मान्छेहरुको भिड । उनले हारेनन् न परिस्थितीसँग न त सङ्घर्षसँग नै । उनलाई लाग्छ, सपना देख्नको लागि मात्र होइन साकार पार्नको लागि पनि हो । उनले बुझेका छन् संघर्षपूर्ण यात्रा, चुनौती, समयको र श्रमको लगानी । सपनाले मान्छेलाई बाँच्न मात्रै होइन आदर्श व्यक्तित्व बन्न पनि सिकाउँछ भन्ने बुझेका छन् उनले ।

उनी अर्थात उम्दा कलाकार नविन लम्साल । कलाकार लम्साललाई थाहा छ यो काठमाडौं उनको जस्तै सपनाहरु विसाउने चौतारी मात्रै होइन सपना पुरा गर्न श्रम गर्ने हातहरुको पनि हो । त्यसैले उनी कलाक्षेत्रमा आफुलाई स्थापित गर्न लागिपरेका छन् ।

हुने विरुवाको चिल्लो पात ! अर्थात नविन लम्साल ।

कलाकार नविन लम्साल

म सानैदेखि नेपाली फिल्मी रहर बोकेर हुर्किए । राजेश हमाल, भुवन केसी जस्ता हिरोहरुको नाम कठस्थ थियो । नाम मात्रै किन उनका फिल्मको नाम र कहानी पनि । फिल्म हेर्नकै लागि कयौचोटि स्कुलबाट भागे भन्ने पनि विर्सिसकें । हो, त्यहिबेला देखि नै कलाकार  बन्ने रहर लाग्यो ।

पढाइमा भन्दा कलाकारितामा बढी रमाउँथे । समयसँगै मेरा रहरहरुले पनि गति लियो । बचपनको रहर अब सपना बनिसकेको थियो । जुन सपना मेरो जीवनको अभिन्न पाटो जस्तो लाग्थ्यो र लाग्छ । मलाई थाहा थियो मैले मेरा बा–आमाको पनि सपना पुरा गर्नुपर्छ । आखिर उहाँहरुको खुशी मसँग नै त जोडिएको थियो । उहाँहरुको सपना थियो छोरो इन्जिनियर बनोस् ।

म इन्जिनियर होइन बा–आमाको सपना पुरा गर्न चाहान्थे त्यसैले भर्ना भएँ पुल्चोक इन्जिनियरिङ क्याम्पसमा । इन्जियरिङ मेरो बाध्यता तर कलाकारिता मेरो सपना, खुशी, इच्छा आदि । जब सपनाहरुले हुर्किने मौका पाउँछ तब बाध्यताहरु कमजोर बन्दो रहेछ सायद ।

इन्जिनियरिङ भर्ना त भएँ तर कलाकारिताको मोहले तान्यो । फलस्वरुप इन्जिनियङ छोडेर कलाकारिता नै पढ्न थालेँ । म्युजिक भिडियोहरुमा काम गर्न थालेँ । कारखाना लगायतका फिल्ममा काम गर्ने अवसर पनि पाएँ । हाल चलचित्र चिसो स्ट्रय नामक चलचित्रमा काम गरिरहेको छु । दिनचर्या निकै व्यस्त छ । गर्न सके यो क्षेत्रमा नाम र दाम दुवै कमाउन सकिन्छ । मेरो काम देखेर आमा बुवा आज निकै खुशी हुनुहुन्छ । उहाँहरु गर्व गर्नुहुन्छ ।

कला क्षेत्रमा नै केहि गर्ने इच्छा छ । यहि क्षेत्रमा स्थापित हुने र आफ्नो परिचय बनाउन चाहान्छु ।

सामाजिक विषय वस्तुलाई कथावस्तुमा ढालेर दर्शकलाई नयाँपन दिने किसिमका फिल्म बन्नुपर्छ भन्ने मेरो चाहाना हो । मलाई एरेन्ज म्यारिजमा विश्वास लाग्छ ।

उनी भन्छन् लवमा पर्ने चाहानामा मनमा अहिले नरहेको उनी बताउछन् लवको मावलमा भने नविन एरेन्ज म्यारिजमा विश्वास गर्ने उनको भनाइ रहेको छ । उनले हाल भने चीसो स्टेप नामको अभिनयमा रहेका छन् भने अन्य काममा पनि आजभोली निकै व्यस्त देखिन्छन् ।आमा बाबु भने आजको छोराको प्रगतिमा निकै गौरव गर्ने गर्दछन् । अबको चाहाना भनेको नेपाली चलचित्रलाइ चिनेर नेपालको हिमाल पहाड मान्छेको कथालाई जीवन मार्गमा लैजानका लागि सिक्दै अगाडि बढ्ने उनको लक्ष्य बनेको उनी बताउछन् ।

नेपालमा धेरै राम्रा राम्रा कलकारहरु रहेका छन् कतै राम्रो कलाकारहरुको भिडमा हराउनु होला नि भन्ने प्रश्नमा उनी भन्छन्,मेरो पहिलो काम भनेका आम दर्शकलाइ मन देखि नै म प्रतिविश्वास दिलाउनु हो ।म काममा विश्वास गर्छु मेहनत गर्छु, आफुभन्दा ठुला र राम्रा कलाकरहरुसँग सिकेर अगाडि बढ्छु मेरो काम प्रतिकाको इमान्दारीतालाइ तलमाथि हुन दिने छैन ।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...