Thursday 24th September 2026

मलेसिया- सवारी दुर्घटनामा परेका हर्कको उपचारको क्रममा मृत्यु


तीतोपाटी-वैदेशिक रोजगारीको सिलसिलामा करिब दुई बर्ष पहिले मलेसिया आएका सोलुखुम्बु वाकु ६ रोचमका हर्कजङ्ग खालिङको गत शुक्रबार राति मृत्यु भएको छ ।

मलकाको सुङ्गाइ कोलाबारु मजिस्थानामजिस्थानामा रहेको केल्विन कम्पनीमा कार्यरत उनी कम्पनीको सवारी चालकको सहयोगीका रूपमा सामान सम्बन्धित स्थानमा पुर्याउन गएका थिए । जाँदै गर्दा बाटोमा सवारी दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको शुक्रबार राती हस्पिटलमा उपचारका क्रममा निधन भएको छ ।

मृतकको शव हाल पोस्टमार्टमको लागि सेरेम्बान हस्पिटलमा राखिएको छ भने कम्पनीले क्वालालम्पुर स्थित नेपाली दूतावाससँग सहकार्य गरेर आवश्यक प्रक्रिया पुरा गरि शव नेपाल पठाउने तयारी गरि रहेको मृतकका भाइ दानकुबिर खालिङ राईले जानकारी दिएका छन ।

हर्कसँगै सवार सवारी चालक पनि गम्भीर घाइते भएको र हात गोडा टुट्नुको साथै गहिरो चोट लागेको कम्पनी श्रोतले जानकारी दिएको छ ।


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...