Saturday 24th October 2026

मलेसिया- सवारी दुर्घटनामा परेका हर्कको उपचारको क्रममा मृत्यु


तीतोपाटी-वैदेशिक रोजगारीको सिलसिलामा करिब दुई बर्ष पहिले मलेसिया आएका सोलुखुम्बु वाकु ६ रोचमका हर्कजङ्ग खालिङको गत शुक्रबार राति मृत्यु भएको छ ।

मलकाको सुङ्गाइ कोलाबारु मजिस्थानामजिस्थानामा रहेको केल्विन कम्पनीमा कार्यरत उनी कम्पनीको सवारी चालकको सहयोगीका रूपमा सामान सम्बन्धित स्थानमा पुर्याउन गएका थिए । जाँदै गर्दा बाटोमा सवारी दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको शुक्रबार राती हस्पिटलमा उपचारका क्रममा निधन भएको छ ।

मृतकको शव हाल पोस्टमार्टमको लागि सेरेम्बान हस्पिटलमा राखिएको छ भने कम्पनीले क्वालालम्पुर स्थित नेपाली दूतावाससँग सहकार्य गरेर आवश्यक प्रक्रिया पुरा गरि शव नेपाल पठाउने तयारी गरि रहेको मृतकका भाइ दानकुबिर खालिङ राईले जानकारी दिएका छन ।

हर्कसँगै सवार सवारी चालक पनि गम्भीर घाइते भएको र हात गोडा टुट्नुको साथै गहिरो चोट लागेको कम्पनी श्रोतले जानकारी दिएको छ ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...