Tuesday 25th August 2026

कुवेतका संग संस्थाहरु द्वारा खुमनलाइ बिदाई तथा सम्मान


बसन्त थापा/ कुवेत स्थित क्रियाशिल विभिन्न संघ संस्थाहरुले चर्चित गायक खुमन अधिकारीलाई बिदाई तथा सम्मान गरेका छन।

अन्तराष्ट्रिय कलाकार समाज कुवेतको पाँचौ वार्षिक उत्सव तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर कलाकार खुमन अधिकारी कुवेत आएका हुन् सोहि समय परेर गायक अधिकारीलाई कुवेतका विभिन्न नेपाली संस्थाहरुले सम्मान तथा बिदाई गरेका छन।

बिदाई तथा सम्मान गर्ने हरुमा लालीगुराँस संस्कृतिक मंच, स्यांग्जा समाज कुवेत, र नेपाल कुवेत सांस्कृतिक मंच रहेका थिए भने, बिदाई तथा सम्मान गर्ने स्थान पनि फरक फरक ठाउमा रहेको थियो।

गायक अधिकारीका अनुसार प्रवासमा स्थापना नेपाली  संघ संस्था द्वारा यसरी सम्मानित हुन पाउदा आफुलाई निकै खुसी लागेको तितोपाटी डट कम लाइ बताए।

सम्मानकै क्रममा लालीगुराँस साँस्कृतिक मंच बाट,अध्यक्ष माधव पौडेल, अन्तराष्ट्रिय कलाकार मंच बाट सचिव, बिराज तामाङ्ग, रहेका थिए भने तेस्तै  स्यांग्जा सेवा समाज कुवेतले अनपौचारिक कार्यक्रमका बीच सम्मान तथा बिदाई गरेको अध्यक्ष शिव कोइरालाले जानकारी दिएका छन।


सम्बन्धित शीर्षकहरु

भारतको इलाहाबाद उच्च अदालतले विद्यालयको निर्धारित पोसाकसँगै हिजाब वा अतिरिक्त हेडस्कार्फ लगाउने विषयमा महत्वपूर्ण फैसला सुनाएको छ। अदालतले स्कुलले तोकेको…

काठमाडौं — जेम्स वेब स्पेस टेलिस्कोप (JWST) का नयाँ तथा थप सटीक अवलोकनहरूले ब्रह्माण्ड कति तीव्र गतिमा फैलिरहेको छ भन्ने…

कुवेतको फौजदारी अदालतले लागुऔषध कारोबार तथा प्रयोगसम्बन्धी विभिन्न मुद्दामा कडा सजाय सुनाएको छ। अदालतले एक बंगलादेशी नागरिकलाई लागुऔषध तथा मनोप्रभावी…

प्रतिकृयाहरू
...