Wednesday 25th March 2026

नेपाली राजदूतावास कुवेतले ८ करोड ५७ लाख भन्दा बढि क्षतिपुर्ति नेपाल पठायो


तितोपाटी – नेपाली राजदूतावास कुवेतले अाज एक विज्ञप्ति जारी गरी कुवेतमा कार्यरत रही  विभिन्न किसिमले ज्यान गुमाएका र घाइते भएका नेपालीहरूको क्षतिपुर्ति वापतको रकम  नेपाली रूपैया  करिब ८ करोड सन्ताउन्न लाख चालिस हजार रूपैयाँ उनीहरूका कानूनी हकदारहरूलाइ उपलब्ध गराएको जनाएको छ ।

विज्ञप्तिमा जनाइए अनुसार वैदेशिक रोजगारको सिलसिलामा कुवेतमा कायर्रत रहँदा घाइते एवं मृत्यु भएका नेपाली नागरिकहरूको क्षतिपूर्ति प्राप्तिका लागि यस राजदूतावासले कानुन व्यवसायीको सहयोग तथा परामर्श लिएर गरेको निरन्तरको कार्यको फलस्वरूप सन् २०१८ मा घाइते एवं मृतक कामदारहरूको क्षतिपूर्ति वापतको बिमा रकम, बाँकी तलब, सेवापश्चात पाउने रकम, सम्बन्धित कम्पनीबाट प्राप्त सहयोग इत्यादि गरी देहाय बमोजिमको उल्लेखनीय रकम २,४८, ८३३।५५ कुवेती दिनार ( नेपाली रूपैयां करीब आठ करोड सन्ताउन्न लाख चालिस हजार) प्राप्त गरी सम्बन्धित कामदारहरूका कानूनी हकदारहरूलाई उपलव्ध गराइदिन नेपाल सरकार, परराष्ट्र मन्त्रालयमा विभिन्न समयमा पठाइ सकिएको जनाएको छ । उक्त कूल रकममा प्रेश विज्ञप्तिमा उल्ले खित कामदारहरूको रकमको अतिरिक्त अन्य ३६ जना मृतक कामदारहरूको नाममा प्राप्त भएको १०,९३३।५१ कुवेती दिनार (अमेरिकी डलर ३५,९३८।५२) समेत समावेश गरिएको जनाइएको छ ।

साथै, सन् २०१८ मा राजदूतावासद्वारा कुवेतको घरेलु कामदार एवं कम्पनी क्षेत्रमा कार्यरत नेपाली कामदारहरूका विभिन्न जटिल समस्याहरू समाधान गर्नुका साथै गम्भिर समस्यामा परेका कम्पनी क्षेत्रका १३२ जना कामदार र ४४५ जना घरेलु कामदारहरूलाई उद्वार एवं राहत र अन्य सहयोग प्रदान गरी स्वदेश पठाउने कार्य भएको छ । त्यसैगरी, कुवेत सरकारले घोषणा गरेको आममाफी अवधि (२९ जनवरी देखि २२ अप्रिल २०१८) मा गैरकानुनी हैसियतमा रहेका ३७२० जना नेपालीहरूलाई यात्रा अनुमतिपत्र एवं अन्य आवश्यक कन्सुलर सहयोग प्रदान गरी नेपाल फिर्ता पठाइएको छ ।

त्यसको अतिरिक्त गत वर्षमा कुवेतमा ह्दयघात, विभिन्न स्वास्थ्यसम्बन्धी रोग, सडक दुर्घटना, आत्महत्या, कार्यक्षेत्रमा हुने दुर्घटना आदिका कारण मृत्यु भएका ४८ जना (३६ पुरूष र १२ महिला) नेपाली कामदारहरूको शव कानुनी प्रकृया पूरा गरी राजदूतावासबाट तत्कालै नेपाल पठाउने कार्य भएको छ ।

त्यसैगरी, कुवेतको कारागारमा विभिन्न अपराधको सजाय भोगिरहेका नेपालीहरूको सजाय माफीका लागि महामहिम राजदूतज्यूले कुवेत सरकारका उच्च पदाधिकारीहरूसंग विभिन्न समयमा भेटघाट तथा कुराकानी गरी आग्रह गर्नुका साथै राजदूतावासबाट लिखित पत्राचार समेत भएको परिणामस्वरूप गत वर्ष कुवेतको कारागारमा रहेका ७६ जना नेपालीहरूमध्ये मृत्यूदण्डको सजाय पाएका २ जनाको सजाय आजीवन कारावासमा परिवर्तन हुनुका साथै १८ जनाको सजाय माफी भइ नेपाल फर्किसकेका छन् ।

दूतावासको विज्ञप्ति जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...