Thursday 24th September 2026

नयाँ वर्ष तथा पाँचौ सांगीतिक धमाका–२०१९ को समूर्ण तयारी पूरा


बसन्त थापा-कुवेत/ अन्तराष्ट्रीय नेपाली कलाकार समाज कुवेतले अंग्रजी नयाँ वर्षको अवसर पारेर कुवेतमा आयोजना गर्न लागेको पाँचौ सांगीतिक धमाका कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

वार्षिक उत्सव तथा पाँचौ सांगीतिक धमाका– कार्यक्रम ४ जनवरी २०१९ शुक्रवार को दिन समय दिउसो १२ बजे देखी

कुवेत बोईस स्कौट असौसियन हल हवलीमा हुने आयोजक अन्तराष्ट्रीय नेपाली कलाकार समाज कुवेतले जानकारी दिएको छ । 

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको भन्दै कार्यक्रममा नेपाल बाट चर्चित अथिति कलाकार गायक खुमन अधिकारिले धमका मच्चाउने छन भने कुवेतमै कार्यरत रहेका नेपाली कलाकारहरुले समेत आफ्नो कला प्रस्तुत गर्नेछन् ।

उक्त कार्यक्रममा सम्पुर्ण कुवेत बासी नेपालीलाई अन्तराष्ट्रीय नेपाली कलाकार समाज कुवेतले कुवेतमा रहेका सम्पूर्ण नेपालीहरूमा आ-आफ्नो तवरले साथ सहयोग गरिदिनका लागि न्यौपानेले आग्रह गरेका छन।

३ तारीख़ बिहान ५ बजे अथिति कलाकार खुमन अधिकारी कुवेतको अन्तराष्ट्रीय बिमानस्थल नभै, दुबई हुदै फ्लाइ दुबई द्वारा कुवेतको शेख शाद अल अब्दुल्लाहा बिमानस्थलमा आइपुग्ने बताऊदै उक्त समयमा कुवेतवासी सम्पुर्ण नेपाली हरूलाई अथिति कलाकारको स्वागतका लागी उपस्थित हुन आयोजकले अनुरोध  गरेको छ। 

कार्यक्रमको सम्पूर्ण तयारी पुरा संगै कुवेतमा रहेका नेपालीहरुमा उक्त कार्यक्रमलाई लिएर निकै उत्साह छाएको अध्यक्ष न्यौपानेले तीतोपाटीलाई बताएका छन।

सम्पूर्ण नेपाली दाजु भाई तथा दिदिबहिनीहरू साथै बिभिन्न संघ संस्थाका प्रतिनिधि हरु सबैलाई उक्त दिन उपस्थितिको लागि अन्तराष्ट्रीय नेपाली कलाकार समाज कुवेतले हार्दिक निमन्त्रणा गरेको छ।

मिति- ४ जनवरी २०१९ शुक्रवार 

समय – दिउसो १२ बजे देखी

स्थान- कुवेत बोईस स्कौट असौसियन हल हवली


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...