Wednesday 20th May 2026

पुजाको उपस्थितिमा कतारमा किराँतीहरुको भव्य उधौली सम्पन्न


तीतोपाटी- कतारमा रहेका किराँतीहरुले एक भव्य साझा साँस्कृतिक कार्यक्रमको आयोजना गरि उनीहरुको महान चाड उधौली पर्व मनाएकाछन् । नेपालबाट समेत चर्चित कलाकारहरू झिकाएर त्यहाँ उपलब्ध स्थानीय कलाकारहरुको साथमा गरिएको उक्त कार्यक्रम साच्चै अविस्मरणीय भएको बुझिएको छ ।

उधौली पर्वको उपलक्ष्यमा आयोजित “बृहत साँस्कृतिक कार्यक्रम-२०७५” नाम दिईएको उक्त कार्यक्रमको लागी नेपालबाट चर्चित गायिकाहरु पार्वती राई र पूजा सुनुवार तथा गायक ब्रबिमहाङ सेर्माको साथमा कार्यक्रम संचालक विश्व लिम्बू सम्मित टोलि गत बुधबार कतार तर्फ प्रस्थान गरेको थियो । सुनुवार सेवा समाज,कतार तथा किराँत याक्थुङ चुम्लुङ, कतार र किराँत राई यायोक्खा,कतार लगायत मुख्य तीन किराँती समुदाय सुनुवार,राई र लिम्बूहरुको आ-आफ्नो जातीय संस्थाहरुले मिलेर संयुक्तमा गरेको उक्त कार्यक्रममा उनिहरुले नेपालबाट पनि समावेशी रुपमा आ-आफ्नो समुदायको एक-एकजना चर्चित कलाकार झिकाएका थिए ।

शुरुमा केही स्थानीय कलाकारहरुको प्रस्तुति पछि देश-विदेशमा छरिएर रहेका किरात समुदायलाई उधौली पर्वको शुभकामना दिदै स्टेज चढेकी अहिलेकी चर्चित गायिका पूजा सुनुवारले सुनुवार भाषाको “नमसेवाल…” बोलको गीत बाट आफ्नो प्रस्तुति शुरु गरेर चिटिक्कै छु,यो मौसम,घार्रघुर्र,सेल्फी टु,काठमाडौ शहर र शाकिरा भन्दा लगायतका नयाँ पुराना गरि आधादर्जन भन्दा बढी चर्चित गीतहरु गाएर हलमा खचाखच दर्शकहरुलाई नचाएकी थिईन ।

पटक-पटक वान्समोरको हुटिङ झेलेकी पूजाले झण्डै एक घण्टा लामो प्रस्तुती दिएकी थिईन । त्यसपछि मन्चमा पुगेका लिम्बू समुदायका गायक ब्रबिमहाङ सेर्माले पनि केही भाषिक तथा नेपाली गीतहरु गाएर माहोल तताएका थिए भने गायिका पार्वती राईले पनि आफ्नो पालोमा दर्शकहरु लाई भरपुर नचाएकी थिईन । आफ्नो चर्चित गीत खोटाङ हलेसी संगै यो भुमी चुम्ने,मेरो देउता र काठमाडौमा धरहरा लगायतका आधा दर्जन नयाँ पुराना गीतहरु पस्किएकी पार्वतीले पनि दर्शकदिर्घा बाट निकैनै राम्रो तारिफ बटुलेकी थिईन ।

खचाखच उपस्थित दर्शकहरुले कार्यक्रमको बारेमा उत्साहजनक सकारात्मक प्रतिक्रिया दिईरहेको सन्दर्भमा सुसेस शाखा दोहा कतारका अध्यक्ष सामुयल सुनुवार (साम) ले हामीसंग छोटो कुराकानी गर्दै तीन किराँती समुदायको संस्थाहरुले आफ्नो छाता नेटवर्कको आलोपालो संयोजन गर्ने पुरानै प्रचलन अनुसार हाल केही समय सुनुवार सेवा समाज,कतारले संयोजन गरिरहेको सन्दर्भमा यो स्तरको कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्न पाउनु निकैनै ऐतिहासिक गर्वको विषय भएको बताए । कार्यक्रममा प्रायस उपस्थित सबैजसो किराँती समुदायका सहभागीहरु आ-आफ्नो जातिय पहिरनमा सजिएर आएका थिए भने सो अवसरमा राई,लिम्बू र सुनुवार लागायतका तीन किरातीहरुको विभिन्न भेषभूषा र झाँकीहरु समेत प्रदर्शन गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

नेपालका दुई प्रसिद्ध पर्वतारोही गाइडहरूले सगरमाथा आरोहणमा नयाँ इतिहास रचेका छन् । “एभरेस्ट म्यान” भनेर चिनिने कामी रिता शेर्पाले ३२औँ…

नेपालको लोकतान्त्रिक संरचनामा शक्ति पृथकीकरण केवल सैद्धान्तिक विषय होइन, राज्य सञ्चालनको आधारभूत मान्यता हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका—तीनवटै अंगले…

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

प्रतिकृयाहरू
...