Monday 20th May 2024

कुवेतबाट नेपाल जाँदै गरेका विद्यार्थीहरुसंग नेपाल ट्रिप २०१८ बारे अन्तर्कृया सम्पन्न


माधव पौडेल- आगामी डिसेम्बर २५,२०१८ देखी जनावरी-२,२०१९ सम्म ९ दिनको नेपाल अध्ययन भ्रमण जान लागेका कुवेतका बिभिन्न बिद्यालयहरुका विद्यार्थीहरुसंग नेपाल जानु पूर्व जानकारीका लागि नेपाली दुताबास कुवेतले अन्तर्कृया तथा नेपाल चिनारी कार्यक्रम सम्पन्न गरेको छ।डिसेम्बर १९ का दिन कुवेत सिटीको मुर्गबमा रहेको एक बिद्यालयमा उक्त नेपालबारे चिनारी तथा अन्तर्कृया कार्यक्रम गरिएको हो।

लोएक (loyac) नामक कुवेतको एक सस्थाले कुवेतका विभिन्न बिद्यालयहरुमा अध्यनरत कुवेती बिध्यार्थीहरुलाई लिएर ९ दिने अध्ययन भ्रमणको ब्यबस्था गर्ने छ।अध्यन भ्रमणको नेतृत्व कुवेती नागरिक रिम अलनेअामि (Reem Alneaimi) र अोमर साहरक (Omar Sharak)ले गर्दैछन्।

उक्त नेपाल अध्ययन भ्रमण सम्बन्थी अन्तर्कृया र चिनारी कार्यक्रममा नेपाली राजदुतावासका प्रथम सचिव भोगेन्द्र लिङ्देन,सहचारी मनोज सिंह,भ्रमणमा जाने विद्यार्थीहरु र उनिहरुका अविभावकहरु, आयोजक लोएक संस्थाका प्रतिनिधिहरुले भाग लिएका थिए।कार्यक्रममा बिधार्थिहरु र आयोजकहरुले नेपाल बारे अाफुले बुझेको जानेको बारेमा अनुभब सुनाएका थिए।उनिहरुले नेपाल भ्रमणका बखत बिभिन्न पुरात्वत्यिक स्थानहरुको भ्रमण,दौड, भोटेकोशीमा स्याफ्टिङ तथा केहीदिन होम स्टेबाट नेपाली रहन-शहन,नेपाली सांस्कृतिक, धर्मिक र अन्य दैनिक कृयाकलापहरुलाई नजिकबाट नियाल्ने छन।

कार्यक्रममा लाँलीगुराँस सास्कृतिक परिवार नेपाल कुवेतका कलाकारहरुले नेपाली संगितहरुका साथमा नेपाली नृत्य प्रस्तुत गरेर मनोरञ्जन पनि दिएका थिए।उपस्थित सबैलाई अायोजकले नेपाली परिकारको खानाको पनि ब्यबस्था गरेको थियो।नेपाली कलाकारहरुलाई कार्यक्रममा लगेर लुम्बिनी समाजका अध्यक्ष रुपेन हमालले सहजीकरण गरेका थिए।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...