Monday 6th May 2024

कलाकार दुर्गेश थापा डिसेम्बर १२ मा कुवेत अाउने, कार्यक्रमको तयारी अन्तिम चरणमा


तितोपाटी – कल्याणकारी नेपाली युवा समाज कुवेतको पुर्व घोषित सांगीतिक कार्यक्रमकाे लागि नेपालबाट चर्चित लोकपप गायक, मोडल तथा डान्सर दुर्गेश थापा अागामी १२ तारिक बुधबार कुवेत अाउँदैछन् भने अायोजकले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । समाजले यहि डिसेम्बर १४ तारिक शुक्रबारका दिन कुवेतको जलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा अतिथि कलाकार दुर्गेश थापा तथा स्थानिय कलाकारहरूको बेजोड प्रस्तुतिका साथ सांगितिक धमाका गर्न लागेको हो ।

सो सांगितिक कार्यक्रम नेपालका अतिथि कलाकार लोकपप गायक तथा मोडल दुर्गेश थापा, लोक दोहोरी गायिका सम्झना भण्डारी र चर्चित हाँस्य कलाकार पुरुषोत्तम भण्डारीका साथमा अगष्ट महिनामा नै गर्ने भनिएको भए पनि विभिन्न प्राविधिक कारणले सांगितिक कार्यक्रम गर्न असहज भएपछि गत नोभेम्बर महिनाका लागि सारिएकोमा भिसाका कारण असहज परिस्थिति सृजना भएपछि नेपालबाट दुर्गेश थापालार्इ मात्र ल्याएर यहि डिसेम्बर १४ तारिक शुक्रबारका दिन कुवेतको नेपाली समुदाय बिच सो सांगितिक धमाका गर्न लागिएको समाजका अध्यक्ष निरज सिंह ठकुरीलार्इ उधृत गर्दै सँस्थाका सल्लाहकार नबराज पराजुलीले तितोपाटी डट कम लार्इ बताए ।

कल्याणकारी सांगितिक धमाकामा अतिथि कलाकार दुर्गेश थापाको साथमा कुवेतका विभिन्न साँस्कृतिक संस्थाका कलाकारहरूले अा-अाफ्नो जोडदार प्रस्तुति दिने कार्यक्रम रहेको छ भने सांगितिक कार्यक्रम दिउँसो १२ः३० बजे बाट शुरू हुने अायोजकले जनाएको छ ।

नेपाली गीत-संगीतको माध्यमबाट कुवेतवासी नेपालीहरूलार्इ भरपुर मनोरन्जन प्रदान गर्नको लागि यो सांगितिक धमाका गर्न लागिएकोले सबैलार्इ कार्यक्रमको निमन्त्रणा पठार्इ सकिएको, यदि कसैले निमन्त्रणा प्राप्त नगरेको भए यसै समाचार मार्फत निमन्त्रणा स्वीकार गर्दै सो कार्यक्रमलार्इ भव्य, सभ्य र चाैतर्फी रूपमा सफल बनाउनको लागि अा-अाफ्नो क्षेत्रबाट सहयोग गरि दिनु हुन नेपाली राजदूतावास कुवेत, कुवेतमा कृयाशिल संघ सँस्था,  पत्रकार, वुद्दिजीवि, समाजसेवी लगायत कुवेतवासी सम्पुर्ण नेपाली दाजुभार्इ तथा दिदीबहिनीहरूलार्इ अनुरोध गर्दै अागामी १४ तारिक कुवेतवासी सबै नेपाली दाजुभार्इ तथा दिदीबहिनीहरूलार्इ सांगितिक कार्यक्रम हेर्न अाउनु हुन कल्याणकारि नेपाली युवा समाज कुवेतले अाग्रह गरेको छ ।

कार्यक्रमको विवरणः

मितिः सन २०१८ डिसेम्बर १४ तारिक शुक्रबार ।

स्थानः इन्डियन सेनट्रल स्कुलको कार्यक्रम हल जलिब कुवेत ।

समयः दिनको १२ः३० बजे ।

 


सम्बन्धित शीर्षकहरु

एजेन्सि- इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच इजिप्टमा भएको वार्ता निष्कर्षविहीन भएको छ । वार्ता निष्कर्षविहीन हुनुको दोष इजरायली प्रधानमन्त्री…

ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै…

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

प्रतिकृयाहरू
...