Tuesday 14th July 2026

कलाकार दुर्गेश थापा डिसेम्बर १२ मा कुवेत अाउने, कार्यक्रमको तयारी अन्तिम चरणमा


तितोपाटी – कल्याणकारी नेपाली युवा समाज कुवेतको पुर्व घोषित सांगीतिक कार्यक्रमकाे लागि नेपालबाट चर्चित लोकपप गायक, मोडल तथा डान्सर दुर्गेश थापा अागामी १२ तारिक बुधबार कुवेत अाउँदैछन् भने अायोजकले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । समाजले यहि डिसेम्बर १४ तारिक शुक्रबारका दिन कुवेतको जलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा अतिथि कलाकार दुर्गेश थापा तथा स्थानिय कलाकारहरूको बेजोड प्रस्तुतिका साथ सांगितिक धमाका गर्न लागेको हो ।

सो सांगितिक कार्यक्रम नेपालका अतिथि कलाकार लोकपप गायक तथा मोडल दुर्गेश थापा, लोक दोहोरी गायिका सम्झना भण्डारी र चर्चित हाँस्य कलाकार पुरुषोत्तम भण्डारीका साथमा अगष्ट महिनामा नै गर्ने भनिएको भए पनि विभिन्न प्राविधिक कारणले सांगितिक कार्यक्रम गर्न असहज भएपछि गत नोभेम्बर महिनाका लागि सारिएकोमा भिसाका कारण असहज परिस्थिति सृजना भएपछि नेपालबाट दुर्गेश थापालार्इ मात्र ल्याएर यहि डिसेम्बर १४ तारिक शुक्रबारका दिन कुवेतको नेपाली समुदाय बिच सो सांगितिक धमाका गर्न लागिएको समाजका अध्यक्ष निरज सिंह ठकुरीलार्इ उधृत गर्दै सँस्थाका सल्लाहकार नबराज पराजुलीले तितोपाटी डट कम लार्इ बताए ।

कल्याणकारी सांगितिक धमाकामा अतिथि कलाकार दुर्गेश थापाको साथमा कुवेतका विभिन्न साँस्कृतिक संस्थाका कलाकारहरूले अा-अाफ्नो जोडदार प्रस्तुति दिने कार्यक्रम रहेको छ भने सांगितिक कार्यक्रम दिउँसो १२ः३० बजे बाट शुरू हुने अायोजकले जनाएको छ ।

नेपाली गीत-संगीतको माध्यमबाट कुवेतवासी नेपालीहरूलार्इ भरपुर मनोरन्जन प्रदान गर्नको लागि यो सांगितिक धमाका गर्न लागिएकोले सबैलार्इ कार्यक्रमको निमन्त्रणा पठार्इ सकिएको, यदि कसैले निमन्त्रणा प्राप्त नगरेको भए यसै समाचार मार्फत निमन्त्रणा स्वीकार गर्दै सो कार्यक्रमलार्इ भव्य, सभ्य र चाैतर्फी रूपमा सफल बनाउनको लागि अा-अाफ्नो क्षेत्रबाट सहयोग गरि दिनु हुन नेपाली राजदूतावास कुवेत, कुवेतमा कृयाशिल संघ सँस्था,  पत्रकार, वुद्दिजीवि, समाजसेवी लगायत कुवेतवासी सम्पुर्ण नेपाली दाजुभार्इ तथा दिदीबहिनीहरूलार्इ अनुरोध गर्दै अागामी १४ तारिक कुवेतवासी सबै नेपाली दाजुभार्इ तथा दिदीबहिनीहरूलार्इ सांगितिक कार्यक्रम हेर्न अाउनु हुन कल्याणकारि नेपाली युवा समाज कुवेतले अाग्रह गरेको छ ।

कार्यक्रमको विवरणः

मितिः सन २०१८ डिसेम्बर १४ तारिक शुक्रबार ।

स्थानः इन्डियन सेनट्रल स्कुलको कार्यक्रम हल जलिब कुवेत ।

समयः दिनको १२ः३० बजे ।

 


सम्बन्धित शीर्षकहरु

पश्चिम बंगाल सरकारले सन् २०११ देखि सन् २०२५ को मे महिनासम्म राज्य सरकारका विभिन्न निकायमा भएको भनिएको भ्रष्टाचारको छानबिन गर्न…

अमेरिका–इरान द्वन्द्व तीव्र बन्दै गएको छ। सैन्य आक्रमण, हर्मुज जलडमरूमा तनाव, तेल आपूर्तिमा असर र क्षेत्रीय शक्तिहरूको संलग्नताले मध्यपूर्वमा व्यापक…

रिपोर्टहरूका अनुसार इरानबाट यात्रु बोकेको एक विमान यमनमा अवतरण गर्ने क्रममा विमानस्थलको धावनमार्गलाई लक्षित गर्दै क्षेप्यास्त्र आक्रमण गरिएको दाबी गरिएको…

प्रतिकृयाहरू
...