Saturday 16th May 2026

खाडीमा बेल्चा हान्ने ३२ वर्षका नेपाली युवक पानिजहाजका मालिक


तितोपाटी डटकम-धनकुटाका ३२ वर्षीय आकाश घिमिरे श्रमिकका रुपमा खाडी छिरेका थिए । खाडीभित्र दु:ख मात्रै छैन, प्रशस्त अवसर पनि छ । त्यही अवसर छोप्दा श्रमिकबाट आकाश पानीजहाज क्याप्टेन मात्रै बनेनन्, अहिले पानीजहाजको मालिक पनि हुन् ।पुरानो दुबई हेर्ने भए बर दुबई जाऊ । नयाँ दुबई हेर्न मरिना । यही मरिनाले नै संसारलाई दुबईतर्फ आकर्षण गर्दैछ । आनन्द लिन भौतिक रूपमा तयार गरिएको साधन यही छ । उच्च सुविधायुक्तको व्यापारिक मल मात्रै छैन । हरेक क्षेत्रमा नाम कमाएका हस्तीहरूको अपार्टमेन्ट यही छ । ती अपार्टमेन्ट समुद्रमा कमलको फूल फुलेजसरी लहरै उभिएका छन् ।त्यही समुद्रको किनारमा ‘दुबई मरिना एच क्लब’ छ । जहाँ ५ सय ५० भन्दा बढी सुविधायुक्त पानीजहाजलाई आकर्षक रूपमा पार्किङ गरी राखिएका छन् ।

जसमध्ये एउटा ‘मेजेस्टी ६१’ नाम गरेको डीपी २१७६ नम्बरको पानीजहाज छ । त्यसका २५ प्रतिशत मालिक हुन्, आकाश घिमिरे ।नाम्जाङ सिदुवा–धनकुटाका ३२ वर्षीय आकाश कसरी विश्वस्तर क्लब मरिनाका सदस्य भए ? कसरी जहाजको मालिक बन्न पुगे त ? यसको कथा बुझ्न दुबई–कतारको १२ वर्षे दु:ख संघर्ष खोतल्नुपर्छ ।आकाश एकैपटक सेतो सर्ट, कालो पाइन्ट र क्याप्टेनको टोपी लगाउन दुबई छिरेका थिएनन् । सन् २००६ तिरको कुरा हो । भर्खरै १२ कक्षा पास गरेका थिए । हातमा स्काभेटर चलाउने सीप मात्रै थियो ।रिभर ओभरसिज म्यानपावरलाई ६५ हजार रुपैयाँ बुझाएर कतारमा स्काभेटर चलाउन उडे । सम्झौता गरेअनुसार कम्पनीले स्काभेटर चलाउन दिएन । नीलो डांग्री (पोसाक) दिएर लेबरमा बेल्चा हान्न पठाए । कतारी कम्पनीमा ६ महिनाभन्दा बढी बेल्चा हान्नुपरेन ।

‘म अंग्रजी राम्रैसँग बोल्थें । कम्पनीले मलाई साइडमा पठाएन । अफिसभित्रै सहयोगी बनायो,’ उनले भने, ‘अफिसभित्र छिरेपछि काम सिक्न थालें । मलाई खरिद गर्ने विभागमा राखियो । कम्पनी छोड्ने बेलासम्म हर्ताकर्ता भइसकेका थिएँ ।’कतार दुई वर्षसम्म टिके । सवारी चालक अनुमति बनाइसकेका थिए । नेपाल फर्के । नेपाल फर्केको दुई महिनाभित्रै दुबई गए । ‘दुबईमा आफन्त थिए । के भिसामा आउने भनेर सोधे । उनीहरूले कतारी लाइसेन्स भए ड्राइभिङ काममा आइज । सजिलो हुन्छ,’ उनले भने, ‘ड्रा इभिङ काममै गए ।’संयोगले उनी दुबई मरिना एच क्लबमै गाडी चलाउन पुगे ।उनले पहिलोपटक पानीजहाज मरिनामै गएर देखेका थिए । सेतो जहाज पानीमा सरर चलेको देख्दा मन लोभियो । त्यतिखेर आकाशलाई लाग्यो, ‘अब सडकमा गाडी होइन, पानीमा जहाज कुदाउने हो ।’

‘के भए जहाज चलाउन पाइन्छ ?’मरिना क्लबमा आउनेहरूसँग बुझ्थे । एउटाले भनिदिए, ‘६ महिने कोर्स छ । त्यो कोर्समा उत्तीर्ण भए पाइन्छ ।’ड्युटी साँझ ६ बजेदेखि बिहान ३ बजेसम्म हुन्थ्यो । कलेजको समय ९ देखि ६ बजेसम्म । काम सकिनासाथ कले जका लागि तयार हुन्थे । ‘कैयांै दिनसम्म त म कोठामा पनि गइनँ ।गाडी नै मेरा लागि कोठाजस्तो हुन्थ्यो,’ उनले भने, ‘मसँगै आउने साथीहरू अहिले पनि मेरो त्यतिखेरको मिहिनेतलाई सम्झन्छन् । अहिले सम्झँदा आफंैलाई लाग्छ । मैले त्यो ६ महिना क सरी बिताउन सकें ?’खाने, बस्ने र सुत्ने कुनै ठेगान थिएन । मुस्किलले दिनमा दुई/तीन घण्टा सुत्थें । कलेजको शुल्क ३५ हजार दिराम (१० लाख ५० हजार रुपैयाँ) थियो । कलेजलाई तिर्ने पैसा भने सबै तलबबाटै जुटाउने । ‘१५ सय दिराम तलब आउँथ्यो । क हिलेकाहीँ टिप्स पाउँथें,’ उनले भने, ‘मेरो घरमा पैसा माग्ने कोही छैन ।’

६ महिनाको कोर्स पूरा गरेपछि उनले तुरुन्तै जहाज चलाउन पाएका थिएनन् । हातमा सीप छ तर चलाउन जहाज छैन । ‘केन्ट भन्ने एकजना चिनेको थिएँ । उसको मरिनामा जहाज थियो । बिदाको दिन मलाई आफ्नो क्रूर मेम्बर (हेल्पर) बनाएर लग्न थाले । ऊ बस्थे । म जहाज चलाएर हिँड्थें,’ उनले भने, ‘एक दिनको ५ सय दिराम दिन्थें ।’जहाज चढ्न आउने सामान्य खालको वर्ग हँुदैन । ‘एक दिनका लागि ५० हजार दिराम (१५ लाख रुपैयाँ) खर्च हुन्छ,’ उनले भने, ‘मैले जहाज चलाउन थालेपछि बढीजसो जहाज मालिकसँग सम्बन्ध हुन गयो ।’त्यही क्रममा मिस्टर जेनसँग भेट भयो । उसले आफ्नो जहाजको क्याप्टेन बनाए । महिनाको ४ हजार ५ सय दिराम तलब दिन तयार भए । पानीमा जहाज कुदाउने सपना जेनले पूरा गरिदिए । त्यसपछि गाडी चलाउने काम छोडिदिए ।उनीसँगको सहयात्रा दुई वर्षसम्म निरन्तर भयो । मजेनको ११ वटा जहाज थियो । चार जना मात्रै क्याप्टेन । ‘चार जनाले ११ वटा जहाजको व्यवस्थापन गर्नुपथ्र्यो । एउटा जहाज लिएर गयो । फर्केर आउँदा अर्को जहाजमा ग्राहक प्रतीक्षामा बसिरहेका हुन्थे,’ उनले भने, ‘धेरै प्रेसर भयो । धान्न गाह्रो भयो ।’

त्यही बेला एक जना बेल्जियम एउटा प्रस्ताव लिएर आए । उनी यूएईका ठूला व्यापारी थिए ।‘म एउटा प्राइभेट जहाज लिँदै छु । यसको क्याप्टेन तिमीलाई बनाउँछु । तर तिमीलाई महिनावारी तलब दिन्न । २५ प्रतिशत हिस्सा दिन्छु । मलाई चाहेको बेला मसँग हुनुपर्छ । बाँकी तिमीले यसको व्यवस्थापन गर्नुपर्छ,’ उनको प्रस्ताव थियो ।जहाजको मूल्य कम्तीमा ३० लाख दिराम (झन्डै ९ करोड रुपैयाँ) पर्छ । त्यसको कम्तीमा २ करोड २५ लाख रुपैयाँ आकाशले जुटाउनुपर्दथ्यो । ‘जहाज चलाउँदा तलबभन्दा टिप्स आ उँथ्यो । कहिले त एकै जनाले पनि १० हजार दिराम (३ लाख रुपैयाँ) सम्म दिन्थ्यो । मैले कमाएको पैसा सबै यूएईमा राखेको थिएँ,’ उनले भने, ‘उनले राखेको प्रस्ताव स्वीकार गर्नसहज भयो ।’त्यसपछि उनी मरिना क्लबकोसदस्य भए । जहाजको मालिक बने । आकाश ‘मेजेस्टी ६१’ जहाजमा‘भीआईपी’ ग्राहकलाई ‘पर्सियन समुद्र’ डुलाइरहन्छन् । कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

प्रतिकृयाहरू
...