Wednesday 12th December 2018

खाडीमा बेल्चा हान्ने ३२ वर्षका नेपाली युवक पानिजहाजका मालिक


तितोपाटी डटकम-धनकुटाका ३२ वर्षीय आकाश घिमिरे श्रमिकका रुपमा खाडी छिरेका थिए । खाडीभित्र दु:ख मात्रै छैन, प्रशस्त अवसर पनि छ । त्यही अवसर छोप्दा श्रमिकबाट आकाश पानीजहाज क्याप्टेन मात्रै बनेनन्, अहिले पानीजहाजको मालिक पनि हुन् ।पुरानो दुबई हेर्ने भए बर दुबई जाऊ । नयाँ दुबई हेर्न मरिना । यही मरिनाले नै संसारलाई दुबईतर्फ आकर्षण गर्दैछ । आनन्द लिन भौतिक रूपमा तयार गरिएको साधन यही छ । उच्च सुविधायुक्तको व्यापारिक मल मात्रै छैन । हरेक क्षेत्रमा नाम कमाएका हस्तीहरूको अपार्टमेन्ट यही छ । ती अपार्टमेन्ट समुद्रमा कमलको फूल फुलेजसरी लहरै उभिएका छन् ।त्यही समुद्रको किनारमा ‘दुबई मरिना एच क्लब’ छ । जहाँ ५ सय ५० भन्दा बढी सुविधायुक्त पानीजहाजलाई आकर्षक रूपमा पार्किङ गरी राखिएका छन् ।

जसमध्ये एउटा ‘मेजेस्टी ६१’ नाम गरेको डीपी २१७६ नम्बरको पानीजहाज छ । त्यसका २५ प्रतिशत मालिक हुन्, आकाश घिमिरे ।नाम्जाङ सिदुवा–धनकुटाका ३२ वर्षीय आकाश कसरी विश्वस्तर क्लब मरिनाका सदस्य भए ? कसरी जहाजको मालिक बन्न पुगे त ? यसको कथा बुझ्न दुबई–कतारको १२ वर्षे दु:ख संघर्ष खोतल्नुपर्छ ।आकाश एकैपटक सेतो सर्ट, कालो पाइन्ट र क्याप्टेनको टोपी लगाउन दुबई छिरेका थिएनन् । सन् २००६ तिरको कुरा हो । भर्खरै १२ कक्षा पास गरेका थिए । हातमा स्काभेटर चलाउने सीप मात्रै थियो ।रिभर ओभरसिज म्यानपावरलाई ६५ हजार रुपैयाँ बुझाएर कतारमा स्काभेटर चलाउन उडे । सम्झौता गरेअनुसार कम्पनीले स्काभेटर चलाउन दिएन । नीलो डांग्री (पोसाक) दिएर लेबरमा बेल्चा हान्न पठाए । कतारी कम्पनीमा ६ महिनाभन्दा बढी बेल्चा हान्नुपरेन ।

‘म अंग्रजी राम्रैसँग बोल्थें । कम्पनीले मलाई साइडमा पठाएन । अफिसभित्रै सहयोगी बनायो,’ उनले भने, ‘अफिसभित्र छिरेपछि काम सिक्न थालें । मलाई खरिद गर्ने विभागमा राखियो । कम्पनी छोड्ने बेलासम्म हर्ताकर्ता भइसकेका थिएँ ।’कतार दुई वर्षसम्म टिके । सवारी चालक अनुमति बनाइसकेका थिए । नेपाल फर्के । नेपाल फर्केको दुई महिनाभित्रै दुबई गए । ‘दुबईमा आफन्त थिए । के भिसामा आउने भनेर सोधे । उनीहरूले कतारी लाइसेन्स भए ड्राइभिङ काममा आइज । सजिलो हुन्छ,’ उनले भने, ‘ड्रा इभिङ काममै गए ।’संयोगले उनी दुबई मरिना एच क्लबमै गाडी चलाउन पुगे ।उनले पहिलोपटक पानीजहाज मरिनामै गएर देखेका थिए । सेतो जहाज पानीमा सरर चलेको देख्दा मन लोभियो । त्यतिखेर आकाशलाई लाग्यो, ‘अब सडकमा गाडी होइन, पानीमा जहाज कुदाउने हो ।’

‘के भए जहाज चलाउन पाइन्छ ?’मरिना क्लबमा आउनेहरूसँग बुझ्थे । एउटाले भनिदिए, ‘६ महिने कोर्स छ । त्यो कोर्समा उत्तीर्ण भए पाइन्छ ।’ड्युटी साँझ ६ बजेदेखि बिहान ३ बजेसम्म हुन्थ्यो । कलेजको समय ९ देखि ६ बजेसम्म । काम सकिनासाथ कले जका लागि तयार हुन्थे । ‘कैयांै दिनसम्म त म कोठामा पनि गइनँ ।गाडी नै मेरा लागि कोठाजस्तो हुन्थ्यो,’ उनले भने, ‘मसँगै आउने साथीहरू अहिले पनि मेरो त्यतिखेरको मिहिनेतलाई सम्झन्छन् । अहिले सम्झँदा आफंैलाई लाग्छ । मैले त्यो ६ महिना क सरी बिताउन सकें ?’खाने, बस्ने र सुत्ने कुनै ठेगान थिएन । मुस्किलले दिनमा दुई/तीन घण्टा सुत्थें । कलेजको शुल्क ३५ हजार दिराम (१० लाख ५० हजार रुपैयाँ) थियो । कलेजलाई तिर्ने पैसा भने सबै तलबबाटै जुटाउने । ‘१५ सय दिराम तलब आउँथ्यो । क हिलेकाहीँ टिप्स पाउँथें,’ उनले भने, ‘मेरो घरमा पैसा माग्ने कोही छैन ।’

६ महिनाको कोर्स पूरा गरेपछि उनले तुरुन्तै जहाज चलाउन पाएका थिएनन् । हातमा सीप छ तर चलाउन जहाज छैन । ‘केन्ट भन्ने एकजना चिनेको थिएँ । उसको मरिनामा जहाज थियो । बिदाको दिन मलाई आफ्नो क्रूर मेम्बर (हेल्पर) बनाएर लग्न थाले । ऊ बस्थे । म जहाज चलाएर हिँड्थें,’ उनले भने, ‘एक दिनको ५ सय दिराम दिन्थें ।’जहाज चढ्न आउने सामान्य खालको वर्ग हँुदैन । ‘एक दिनका लागि ५० हजार दिराम (१५ लाख रुपैयाँ) खर्च हुन्छ,’ उनले भने, ‘मैले जहाज चलाउन थालेपछि बढीजसो जहाज मालिकसँग सम्बन्ध हुन गयो ।’त्यही क्रममा मिस्टर जेनसँग भेट भयो । उसले आफ्नो जहाजको क्याप्टेन बनाए । महिनाको ४ हजार ५ सय दिराम तलब दिन तयार भए । पानीमा जहाज कुदाउने सपना जेनले पूरा गरिदिए । त्यसपछि गाडी चलाउने काम छोडिदिए ।उनीसँगको सहयात्रा दुई वर्षसम्म निरन्तर भयो । मजेनको ११ वटा जहाज थियो । चार जना मात्रै क्याप्टेन । ‘चार जनाले ११ वटा जहाजको व्यवस्थापन गर्नुपथ्र्यो । एउटा जहाज लिएर गयो । फर्केर आउँदा अर्को जहाजमा ग्राहक प्रतीक्षामा बसिरहेका हुन्थे,’ उनले भने, ‘धेरै प्रेसर भयो । धान्न गाह्रो भयो ।’

त्यही बेला एक जना बेल्जियम एउटा प्रस्ताव लिएर आए । उनी यूएईका ठूला व्यापारी थिए ।‘म एउटा प्राइभेट जहाज लिँदै छु । यसको क्याप्टेन तिमीलाई बनाउँछु । तर तिमीलाई महिनावारी तलब दिन्न । २५ प्रतिशत हिस्सा दिन्छु । मलाई चाहेको बेला मसँग हुनुपर्छ । बाँकी तिमीले यसको व्यवस्थापन गर्नुपर्छ,’ उनको प्रस्ताव थियो ।जहाजको मूल्य कम्तीमा ३० लाख दिराम (झन्डै ९ करोड रुपैयाँ) पर्छ । त्यसको कम्तीमा २ करोड २५ लाख रुपैयाँ आकाशले जुटाउनुपर्दथ्यो । ‘जहाज चलाउँदा तलबभन्दा टिप्स आ उँथ्यो । कहिले त एकै जनाले पनि १० हजार दिराम (३ लाख रुपैयाँ) सम्म दिन्थ्यो । मैले कमाएको पैसा सबै यूएईमा राखेको थिएँ,’ उनले भने, ‘उनले राखेको प्रस्ताव स्वीकार गर्नसहज भयो ।’त्यसपछि उनी मरिना क्लबकोसदस्य भए । जहाजको मालिक बने । आकाश ‘मेजेस्टी ६१’ जहाजमा‘भीआईपी’ ग्राहकलाई ‘पर्सियन समुद्र’ डुलाइरहन्छन् । कान्तिपुरबाट


Loading...
सम्बन्धित शीर्षकहरु

तीतोपाटी-राष्ट्रिय सङ्गीतकर्मी सङ्घका अध्यक्ष तथा चर्चित गायक  राजेन्द्र कुमार कार्कीको नयाँ गित चोयाको डोको बजारमा सार्वजनिक भएको छ।दमौलीमा गेट,पापी सन्सार,माला…

तितोपाटी - काठमाडौंमा अस्थायी रुपमा सञ्चालनका लागि भनेर ल्याइएका विद्युतीय बस त्यसै थन्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली आफैंले तामाझामका…

तितोपाटी - मंगलबार राति फ्रान्समा एक क्रिसमस बजारमा बन्दुकधारीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी घाइते भएका…

प्रतिकृयाहरू