Monday 24th August 2026

आदिवासी जनजाती महासंघ कुवेतको तेस्रो ऐतिहासीक अधिवेशनको सम्पूर्ण तयारी पुरा


तीतोपाटी-नोभेम्बर २५,कुवेत। विश्वका अदिवासी जनजाती एक हौ”भाषा धर्म लिपी भेषभुषा कला र सम्वधर्न गरौ भन्ने नाराका साथ आगामी ३० नोवेम्बर २०१८ शुक्रबार को दिन हुने नेपाल आदिबासी जनजाती महासँघ कुवेत शाखाको तेस्रो ऐतिहासिक अधिवेशनको तैयारी पुरा भएको आयोक ले जानकारी दिएका छन्।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कुबेत मा आवद्ध ८ संस्थाहरु सुनुवार सेवा समाज कुवेत,मगर संघ कवेत,किरात राई यायोक्खा कुबेत,नेपाल तामाङ घेदुङ कुबेत,तमू समाज कुवेत,किरात याक्थुङ चुम्लुङ कुबेत,तमू प्ये ल्हु संग कुबेत,)नेवाँ गुठी कुबेत,सहभागिता रहने भएको छ। कार्यक्रम लाई थप मनोरन्जन को लागि कुवेतका बिभिन्न जनजाती संस्थाहरुले आ-आफ्नो पहिचान झल्कने गीत, नृत्य, झाकी र अन्य साँस्कृतिक प्रस्तुतिहरु गर्ने गरी रंगी बिरंगी सांस्कृतिक कार्यक्रम रहने आयोजक ले जानकारी दिएका छन्।

कुवेतमा कृयाशील सम्पूर्ण नेपाली संघ संस्था सामजसेवी, बुद्दिजिबी,भद्रभलाद्मी, पत्रकार,कलाकार,खेलाडी,राजनीतिज्ञ,सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितीको लागि यहाँहरूलाई पत्रचार गरि सकिएको भएता पनि भुलचुक वा अन्य कारणबाट पत्र पाउन सक्नु भएको छैन भने यसै समाचार लाई आधार मानी कार्यक्रममा उपस्थितभई दिन आयोजक महासंघ कुवेत ले हार्दिक अनुरोध गरेको छ।

कार्यक्रम:सम्बन्धी थप जानकारी:-
कार्यक्रम:तेस्रो ऐतिहासिक अधिवेशन
मिति:नोवेम्बर ३० तारिक २०१८ शुक्रबार
समय:ठिक १२ बजे देखी
स्थान:फर्वानिय आइडियल अडिटोरियम हल
आयोजक:आदिवासी जनजाति महासंघ कुवेत


सम्बन्धित शीर्षकहरु

भौगोलिक रूपमा विकट भए पनि डिजिटल पहुँचबाट टाढा नरहने उद्देश्यसहित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा नेपाल टेलिकमको 4G टेलिफोन तथा…

अन्वेषणको इतिहासमा एउटा अचम्मलाग्दो तथ्य छ—नजिक हुनु भनेको सधैँ पहिले पत्ता लाग्नु होइन। पृथ्वीबाट अरबौँ किलोमिटर टाढा रहेको अरुण ग्रह…

वैज्ञानिकहरूले अहिलेसम्म पत्ता लगाएका सबैभन्दा शक्तिशाली cosmic rays मध्ये एक अमातेरासु (Amaterasu) नाम दिइएको कणले वैज्ञानिकहरूलाई चकित बनाएको छ। यसको…

प्रतिकृयाहरू
...