Friday 3rd May 2024

तामाङ घेदुङ हङकङको अध्यक्षमा विश्व घिसिङ सर्वसम्मत रूपमा चयन


तितोपाटी – तामाङ घेदुङ हङकङको अध्यक्षमा विश्व घिसिङ सर्वसम्मत रुपमा चयन भएका छन्। आइतबार हङकङमा भएको ११ औं अधिवेशनले घिसिङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

अध्यक्षको उम्मेदवारीमा भवेश घिसिङको पनि उम्मेदवारी रहेपनि उनले समझदारीमा विश्व घिसिङलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए। प्रेम लामाको अध्यक्षता रहेको उक्त अधिवेशनको निर्वाचन मण्डलको संयोजक प्रेम लामा रहेको हङकङ घेदुङले जनाएको छ। निर्वाचन मण्डलमा ६ जना सदस्य रहेका थिए।

हङकङ घेदुङमा युवा अध्यक्षको रुपमा निर्वाचित घिसिङले १० दिनभित्र पूर्ण कार्यसमिति बनाउने जानकारी दिएका छन। अध्यक्ष भएसँगै घिसिङले हङकङमा विभिन्न पेशा व्यवसाय गर्दै आएका आम तामाङ जातिलाई एउटै घरमा ल्याउने बताएका छन्। उनले तामाङ जातिको भाषा, धर्म, संस्कृति, कला प्रवर्द्धनका लागि वैचारिक ढंगले समेत विभिन्न संघ संस्थासँग समन्वय गर्दै जाने प्रतिबद्धता गरेका छन्।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...