Saturday 25th July 2026

तामाङ घेदुङ हङकङको अध्यक्षमा विश्व घिसिङ सर्वसम्मत रूपमा चयन


तितोपाटी – तामाङ घेदुङ हङकङको अध्यक्षमा विश्व घिसिङ सर्वसम्मत रुपमा चयन भएका छन्। आइतबार हङकङमा भएको ११ औं अधिवेशनले घिसिङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

अध्यक्षको उम्मेदवारीमा भवेश घिसिङको पनि उम्मेदवारी रहेपनि उनले समझदारीमा विश्व घिसिङलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए। प्रेम लामाको अध्यक्षता रहेको उक्त अधिवेशनको निर्वाचन मण्डलको संयोजक प्रेम लामा रहेको हङकङ घेदुङले जनाएको छ। निर्वाचन मण्डलमा ६ जना सदस्य रहेका थिए।

हङकङ घेदुङमा युवा अध्यक्षको रुपमा निर्वाचित घिसिङले १० दिनभित्र पूर्ण कार्यसमिति बनाउने जानकारी दिएका छन। अध्यक्ष भएसँगै घिसिङले हङकङमा विभिन्न पेशा व्यवसाय गर्दै आएका आम तामाङ जातिलाई एउटै घरमा ल्याउने बताएका छन्। उनले तामाङ जातिको भाषा, धर्म, संस्कृति, कला प्रवर्द्धनका लागि वैचारिक ढंगले समेत विभिन्न संघ संस्थासँग समन्वय गर्दै जाने प्रतिबद्धता गरेका छन्।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा इरानसँग सम्बन्धित बढ्दो क्षेत्रीय तनावका बीच यमन पुनः व्यापक युद्धतर्फ धकेलिन सक्ने चिन्ता बढ्दै गएको छ। विश्लेषकहरूका अनुसार इरानसँग…

होर्मुज जलडमरु (Strait of Hormuz) मा २८ जना भारतीय चालक दलका सदस्य रहेको एउटा एलपीजी (LPG) ट्यांकरमाथि आक्रमण भएको बताइएको…

दक्षिणी युरोपमा भीषण डढेलो: ८० हजारभन्दा बढी मानिस विस्थापित दक्षिणी युरोपका विभिन्न क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण ८० हजारभन्दा बढी…

प्रतिकृयाहरू
...