Monday 24th August 2026

अर्कामाथि निर्भर रहेको अर्थतन्त्र भएको देशले समाजवादको कुरा गर्नु कोरा कल्पना मात्र हो


करिम बक्स मियाँ, कतार/ उपप्रधानमन्त्री तथा स्वास्थ्य एवं जनसंख्या मंत्री उपेन्द्र यादवले परनिर्भर अर्थ व्यबस्थामा चलेको देशले सामाजवादको कुरा गर्नु कल्पना मात्र भएको बताएका छन्। कतारको सरकारी भ्रमणमा आएका मन्त्री यादवले यहाँ स्थित नेपाली समुदायसित अन्तरक्रिया तथा भेटघाटमा उक्त धारणा व्यक्त गरेका हुन्।

समाजवाद संविधानमा लेखेर न आउने भन्दै उनले भने ‘जबसम्म आफ्नै सामर्थ्यमा जनताका आवश्यकता पूरा गर्न सकिन्न समाजवादको कुरा गर्नु कोरा कल्पना हो’। समानता र सम्व्रिद्दी बिना समाजवाद संभव नभएको उनले दावी गरे।

वैदेसिका रोजगारमा रहेका नेपालीहरुको विप्रेषणले मुलुकको अर्थतंत्र धानिएको भएपनि विप्रेषण नेपालको स्थायी समाधान नभएको उनको जिकिर थियो।

नेपालले आँखा उपचारको क्षेत्रमा विदेसी समेतलाई सेवा दिई सकेको र अन्य स्वास्थ्य क्षेत्रमा समेत नेपाल क्रमिक प्रगतितर्फ बढेको उनको दावी थियो।

सबै नेपालीलाई नि:शुल्क स्वास्थ्य सेवा दिने घोषणा गरिएको र १२ सय प्राथमिक तथा आधारभूत उपचार केंद्र निर्माणमा सरकार अग्रसर भएको उनले बताए।

पूर्ववत सरकारले लागू गरेको स्वास्थ्य विमा देशैभरी लागू भई सकेको र विपन्न वर्गको स्वास्थ्य विमा सरकारले नै गरिदिने मंत्री यादवले बताए।

उपप्रधानमंत्रीको भ्रमण टोलीमा रहेका गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैर आवासीय नेपाली अभियानमा आफु लागेको र अबको लक्ष भनेको नेपाललाई  मेडिकल टूरिज्मको गन्तव्य बनाउने बताए. नेपालीहरूले विदेशमा होइन विदेसीहरूले समेत नेपालमा बिस्वस्त उपचार गर्ने युगको लागी आफुले आभियान संचालन गरेको उनको दावी थियो।

कार्यक्रममा सर्वसाधारणलाई आफ्नो सुझाव राख्न नदिएको भन्दै केही युवाहरुले आक्रोश व्यक्त गरेका थिए। नेपाली नियोगको आयोजनामा सम्पन्न कार्यक्रममा कतारस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो।


सम्बन्धित शीर्षकहरु

एक महिनाअघि उद्घाटन गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि निजी सवारीसाधनका लागि पनि सञ्चालनमा ल्याइएको छ। नौ सिटसम्मका कार, जीप र भ्यानलाई…

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै…

अमेरिका र इरानबीचको तनाव पुनः तीव्र बनेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले वाशिङ्टनले इरानलाई टिकाइराख्ने “हरेक आर्थिक जीवनरेखा काट्ने” नीति…

प्रतिकृयाहरू
...