Friday 3rd May 2024

कुवेतबाट क्यान्सर पिडित अंकित राईलाइ आर्थिक सहयोग हस्तान्तरण


तीतोपाटी- खोटाङ ज़िल्ला, दिक्तेल रूपाकोट मझुवागडी वडा नं. ३, (बाम्राङ्ग सामातुङ्ग) निवासी विदेश राईको नाबालक छोरा बर्ष ५ का आँखाको क्यान्सर पिडित अंकित राईलाई कुवेतबाट ८१ हजार २६ रुपैया आर्थिक सहयोग आज तिलगंगा अस्पताल परिसरमा एनआरएन आइसिसी सदस्य अमित राई,गोरखापत्रका सहसम्पादक राजेश चाम्लिङ, लेखक तथा पत्रकार गणेश कुमार राई,समाजसेवि इन्द्र कुमार चाम्लिङ,अभियन्ता मातृका राई,जनालय अनलाईन न्युजका प्रबन्धक तथा सामाजिक अभियन्ता किशोर सुनुवार,पत्रकार राजकुमार खड्काको उपस्थितिमा रकम हस्तान्तरण गरिएको थियो ।

अंकितको आँखामा समस्या देखिए पछि गाउँबाट उपचारको लागि काठमाण्डौको तिलगंगा आँखा अस्पतालमा लागेको र उक्त अस्पतालले उपचारको क्रममा देब्रे आँखामा क्यान्सर भएको पुष्टी गरेको हुनाले क्यान्सर जस्तो गम्भीर रोगको उपचारको लागि लामो समयसम्म किमो दिनु पर्ने साथै यो उपचारको लागि ठुलो धनराशी लाग्ने भएकोले र घरको आर्थिक स्थिति अत्यन्तै कम्जोर रहेकोले गत जुलाई महिनामा अंकितको बुबाले उपचार खर्चको लागि फेसबुक संजाल र मिडिया मार्फत आर्थिक सहयोग जुटाइदिन अपिल गरेका थिएl
त्यस लगतै अंकितको उपचारको लागि देश तथा विदेशबाट आर्थिक सहयोग गर्दै आएको र उक्त आर्थिक सहयोगबाट उठेको रकमले लगातार उपचार भैरहेको क्रममा कुवेतबाट पनि नैनकला राईको नेतृत्वमा र सहयोगी साथीहरु क्रमशः भगिरथ राई, हरि राई, बैजन्ति राई र माया साम्पाङ राईको सक्रियतामा कुवेतमा कर्मथलो बनाउदै आउनु भएका नेपाली तथा गैर नेपाली दिदीबहिनी तथा दाजुभाईहरुले गर्नु भएको आर्थिक सहयोग ८१ हजार २६ रुपैयाँ संकलन गर्न सफल दाताहरु-
१. जय आले मगर – ५ केडी
२. सुरेश गुरुङ – ५ केडी
३. चन्द्र तामाङ – ५ केडी
४. शुकबहादुर गुरुङ – ५ केडी
६ . सरोज महतारा – २ केडी
७. इरेशा उपुला कुमारी – १ कडी
८ . देवराज भण्डारी – ०.५०० फिल्स
९. नैनकला राई – १० केडी
१०. माया साम्पाङ – १० केडी
११. बैजन्ति राई मार्फत – २१ केडी
१२ . युवक राई – ५ केडी
१३ . हरि राई मार्फत – ५१ केडी
१४ . भगिरथ राई मार्फत ८० केडी
१५. मन्जित राई – ५ केडी
१६. युवराज राई – ५ केडी
१३. गोबिन्द बराल -१ केडी
१४. पुर्णिमा बुढामगर-१ केडी ५०० फिल्स
जम्मा रकम २१३ केडी मात्र
नेपाली रूपैया- ८१०२६ एकासी हजार छबिस रूपैया संकलित रकम
हस्तान्तरण गरिएको जानकारी नैनकला राईले तीतोपाटी डट कम लाइ जानकारी दिएकी छिन साथै यस अभियानमा आर्थिक, नैतिक र भौतिक सहयोग गर्नु हुने सम्पूर्णलाई राईले हार्दिक धन्यबाद व्यक्त गरेकी छिन् l


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...