Thursday 24th September 2026

कतारमा दुई संस्थाको आयोजनामा तिहार कार्यक्रम सम्पन्न


तीतोपाटी- नोभेम्बर ९ का दिन दोहा कतार सनैयाको अलेदियामा नेपालिहरुको महान चाड शुभ-दिपावलिको अबसरमा संयुक्त भाइटिका कार्यक्रम ग्रहण गरियो । उक्त कार्यक्रमको सभापती मिक्की लिम्बू र कार्यक्रम संयोजक गणेश भण्डारीले दिप प्रज्वलन गर्दै भाइटिका कार्यक्रम को उदघाटन गर्नु भएको थियो ।

उपस्थित दाजु-भाइहरुलाइ सयुक्त रुपमा रोजगारको शिलशिलामा कतारलाई रोजगारको क्षेत्र बनाइ कतारमा आफ्नो श्रम बेची रहनु भएका नेपाली चेलिहरु माया राई ,सन्जु राई , राममाया राई ले सप्तरंगि टिका सुख, शान्ती समृद्धि ,उमंग , उल्लास र दिर्घायुको कामना गर्दै  निधारमा सप्तरंगि टीका ले सजाउदा उपस्थित सबैजना हर्षोल्लाका साथ मुहारमा चमक छाएको थियो ।

उक्त कार्यक्रमका सभापती मिक्की लिम्बू र कार्यक्रम संयोजक गणेश भन्डारी ले उपस्थित सम्पुर्णको तर्फ बाट चेलिहरुलाइ टीका लगाइदिनु भयो । उक्त कार्यक्रममा अतिथिहरु  बैचारीक संगठन बाट   प्रेम लामा , निर्भाणीक यात्री एकता समाजको अध्यक्ष पदम राई ,नबयुग नेपाल एग्रो प्राइभेट लिमिटेडका प्रतिनिधि सुभाष खडका , निर्माणीक यात्री एकता समाजका भजन संयोजक – प्रदिप  राई ,निर्भाणीक यात्री एकता समाजका महासचिब- असारमान राई ,बुद्धिजीवी तथा ब्यबशायी -बद्री बानिया , बिजयराज  शर्मा

बुद्धिजिबी तथा समाजसेवी -गंगा बिक , अतिथिहरु- दन्नु प्रसाद अर्याल , भुपाल खडका, श्याम लिम्बू हुनुहुन्थ्यो भने उक्त कार्यक्रम बिमल आचार्यले संचालन गर्नु भएको थियो भन्ने समचार प्राप्त भएको छ ।

   सामुहिक रुपमा भाइ टिका ग्रहण गरीसके पछि उर्जाशिल युवा संस्था अर्थात Consulate Action-plan of Responsible Devlopment Society अर्थात छोटकरीमा ” CARDS ” Group  को अबधाराणा , प्रस्ताबना र नीति तथा कार्य्रक्रम को योजना बारे सभापती मिक्की लिम्बुले स्पष्ट पार्नु भएको थियो भने  कार्यक्रम संयोजक – गणेश भण्डारीले उक्त प्रस्ताबनामा सहमती जनाउनु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...