Monday 8th June 2026

‘मिसेस एसिया प्यासिफिक इन्टरनेसनल २०१८’ को उपाधि ‘मिसेस नेपाल’ को पोल्टामा


तितोपाटी – चन्दा थापा गिरीले सिंगापुरमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा मिसेस एसिया प्यासिफिक इन्टरनेसनल २०१८ को उपाधि चुमेकी छन्। गिरीले सिंगापुरमा शुक्रबार सम्पन्न विवाहित महिलाहरूबीचको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस इन्टरनेसनल २०१८ मा सफलता हात पारेकी हुन्। उनी रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा काठमाडौंमा आयोजित मिसेस नेपाल इन्टरनेसनल २०१८ की विजेता हुन्।

चन्दाले शीर्ष उपाधिसँगै पे्रmन्डली इन्टरनेसनल उपाधि पनि जितिन्। प्रतियोगितामा मिसेस स्विडेन इन्टरनेसनल मारिया स्विनसनले मिसेस इन्टरकन्टिनेन्टल इन्टरनेसनल र भियतनामकी भोङ नोक लोनले मिसेस इन्टरनेसनलको उपाधि जिते।

प्रतियोगितामा मिसेस नेपाल इन्टरनेसनल २०१८ चन्दा, मिसेस नेपाल इन्टरनेसल २०१७ सुरुचि पाण्डे र मिसेस नेपाल ग्ल्याम २०१८ एलिजा महर्जनले नेपालको प्रतिनिधित्व गरेका थिए। मिसेस नेपाल इन्टरनेसनल २०१७ सुरुचिले इन्टरनेसनल बेस्ट ट्यालेन्ट, एलिगेन्स ब्युटी र ब्युटी एम्बेसडर उपाधि जितिन्। मिसेस नेपाल ग्ल्याम २०१८ एलिजा महर्जनले कन्टेन्सटेन्ट अफ दी इयर, इन्टिलेक्चुअल ब्युटी र बेस्ट सेल्फ इन्टरडक्सन उपाधि हात पारिन्।

प्रतियोगीहरूले अक्टोबर २८ देखि नोभेम्बर २ सम्म जारी मिसेस इन्टरनेसनल २०१८ मा नेपालको प्रतिनिधित्व गर्दै स्पर्धा गरेका थिए। प्रतियोगितामा अमेरिका, युरोपलगायत विश्वका २५ राष्ट्रका विवाहित सुन्दरी सहभागी थिए। प्रतियोगिताका विभिन्न चरण सिंगापुर, मलेसिया र इन्डोनेसियामा भएको थियो। निर्णायक स्पर्धा भने सिंगापुरको आर्केड कन्ट्री क्लबमा भएको हो।

प्रतियोगीले कोरियोग्राफर अश्विनी झा, अभिनेता वीरेन्द्र हमाल लगायतसँग विभिन्न विधाको प्रशिक्षण लिएका थिए।


सम्बन्धित शीर्षकहरु

सोमबार बिहान फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का…

इरानले इजरायलमाथि नयाँ मिसाइल आक्रमण गरेको छ, जसलाई इजरायली सेनाले अवरोध गरेको जनाएको छ। बेरुतमा भएको आक्रमणपछि इरानले प्रतिकार गर्ने…

वास्तवमा, वैज्ञानिकहरूले मंगल ग्रह पूर्ण रूपमा "विनाश" भएको ग्रह हो भनेर मान्दैनन्, तर एक समय पृथ्वीजस्तै बढी सक्रिय र सम्भवतः…

प्रतिकृयाहरू
...