Sunday 24th May 2026

बेलायतले डाटा बेचेको अारोपमा फेसबुकलार्इ ८ करोड डलरको जरिवाना लगायो


तितोपाटी – प्रयोगकर्ताका डाटाको गोपनियता उल्लंघन गर्ने गम्भीर कसूर गरेको अभियोगमा सोसल मिडिया साइट फेसबुकमाथि झण्डै ८ करोड डलर जरिवाना भएको छ । बेलायतको सूचना आयुक्तको कार्यालयले फेसबुक माथि यस्तो जरिवानाको निर्णय गरेको हो । कार्यालयले आफुलाई प्राप्त दण्डात्मक अधिकारको अधिकतम सीमा प्रयोग गरेको हो । आयुक्त कार्यालयलाई अधिकतम ५ लाख पाउण्ड सम्ममात्र जरिवाना गर्न पाउने प्रावधान छ । यो वर्षको सुरुवातदेखि नै चर्चामा रहेको क्याम्ब्रिज एनालिटिका डाटा काण्डको सन्दर्भमा फेसबुकमाथि यस्तो सजाय भएको हो ।

कार्यालयका अनुसार सन् २००७ देखि २०१४ सम्म फेसबुकले प्रयोगकर्ताका व्यक्तिगत जानकारीहरु अनधिकृत रुपमा संश्लेषण गरी एप डेभलपरहरुलाई त्यस्ता डाटासम्म पहुँच दिएको थियो । फेसबुकले डाटा प्रयोगकर्ताको डाटा प्रोसेसिंग गर्नुअघि, प्रोसेसिंग गर्ने बेला तथा तत् पश्चात् पनि प्रयोगकर्ताको गोपनियताको पर्याप्त मात्रामा संरक्षण गर्न नसकेको सूचना आयुक्त इलिजाबेथ डेनह्यामले बताइन् ।

बेलायतको पूरानो डाटा प्रोटेक्सन ऐन १९९८ को प्रावधान अनुरुप सूचना आयुक्त कार्यालयले फेसबुकमाथि अधिकतमक सजाय सुनाएको हो । नयाँ कानून अनुसार भने यस्तो सजायँको अधिकतम सिमा १ करोड ७० लाख पाउण्ड वा कम्पनीको कूल विश्वव्यापी आम्दानीको ४ प्रतिशत रहेको छ ।

फेसबुकले यसको प्लेटफर्म प्रयोग गर्ने एप तथा एप डेभलपर्समाथि पर्याप्त नियन्त्रण गर्न नसक्दा ऊ प्रयोगकर्ताका व्यक्तिगत डाटा सुरक्षामा असफल भएको ठहर आयोगको छ । जसका कारण कतिपय एप डेभलपर्सले लाखौँ फेसबुक प्रयोगकर्ताका डाटाहरु हात पारी आफ्नो फाइदामा उपयोग गरे ।

एप डेभलपर अलेक्जेन्डर कोगानले हात पारेका ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताका डाटा पछि क्याम्ब्रिज एनालिटिकालाई बेचेका थिए । क्याम्ब्रिज एनालिटिका अमेरिकामा राजनीतिक गतिविधिमा संलग्न भएको थियो ।

एजेन्सी


सम्बन्धित शीर्षकहरु

गाजामा इजरायलले सञ्चालन गरेको युद्धलाई लिएर अन्तर्राष्ट्रिय बहस झन् तीव्र बन्दै गएको छ। जनवरी २०२४ मा दक्षिण अफ्रिकाले International Court…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले शीर्षस्थानमा रहेको अमेरिकाविरुद्ध शानदार जित दर्ता गरेको छ। कीर्तिपुरस्थित टियु मैदानमा सम्पन्न खेलमा नेपालले अमेरिकालाई…

लुलु हाइपरमार्केटले आफ्नो बहुप्रतिक्षित मौसमी प्रमोशन, Mango Mania 2026, अल-राई शाखामा आधिकारिक रूपमा सुरु गरेको छ, जसले कुवेतभरिका खरिदकर्ताहरूलाई संसारकै…

प्रतिकृयाहरू
...