Thursday 27th August 2026

१ सय ८८ यात्रु बोकेको इन्डोनेसियाको लायन एयरको विमान समुन्द्रमा दुर्घटना


तितोपाटी – लायन एयरको बोइङ ७३७ यात्रुवाहक विमान इन्डोनेसियाको राजधानी जकार्ताबाट उडान भरेको केही समयमा नै समुद्रमा खसेको छ । कलसाइन जेटी ६१० भएको दुर्घटनाग्रस्त विमान जकार्ताबाट पाङकाल पिनाङका लागि उडेको थियो  भने उडान भरेको केही समयमा विमान सम्पर्कविहिन बनेको थियो । अन्तिम पटक समुद्रमाथि विमानसँग सम्पर्क भएको थियो । घटनामा हताहती र जीवित यात्रुबारे केही जानकारी प्राप्त भएको छैन । उक्त विमान नयाँ बोइङ ७३७ म्याक्स ८ थियो ।

‘विमान ३०–४० मिटर गहिरो समुद्रमा खसेको छ,’ खोजी तथा उद्धार एजेन्सीका प्रवक्ता युसुफल लतिफले एएफपीसँग कुरा गर्दै भने, ‘हामीले अझै विमानको भगनावशेस खोजी गरिरहेका छौँ ।’ पत्रकार सम्मेलनमा विमानमा १७८ वयस्क, एक शिशु र दुई बालबालिका, दुई पाइलट तथा ५ क्याबिन क्रु रहेको जानकारी दिइएको छ । यद्यपि, विमानमा सवार संख्याबारे विभिन्न रिपोर्टहरु आइरहेका छन् ।

के भएको थियो ?

जेटी ६१० जकार्ताबाट स्थानीय समयअनुसार विहान ६ः२० मिनेटमा उडेको थियो । उक्त विमान पाङकाल पिनाङमा एक घण्टामा अवतरण गर्नुपर्ने थियो । तर, उडानको १३ मिनेटपछि नै विमान र ग्राउण्ड स्टाफबीच सम्पर्क टुटेको थियो । सम्पर्क टुट्न अघि पाइलट विमानलाई जकार्ताको सोइकार्नो हाता विमानस्थलमा फर्काउने अनुमति मागेका थिए ।

विमानको पाटपुर्जा र यात्रुका सामान समुद्रमा तैरिरहेको अवस्थामा फेला परेको छ ।

सन् १९९९ मा स्थापना भएको इन्डोनेसियाको बजेट एयरलाइनसले दक्षिण पूर्वी एसिया, अस्ट्रेलिया र मध्य पूर्वमा उडान सञ्चालन गर्दै आएको छ । सन् २०१६ सम्म खराब रेकर्डका कारण यो विमानलाई युरोपमा उडान भर्न प्रतिबन्ध गरिएको थियो । सन् २०१३ मा पनि यो एयरलाइन्सको विमान बाली नजिकैको समुद्रमा ल्याण्ड गर्न पुगेको थियो । घटनामा सबै १०८ यात्रु सशुकल रहेका थिए ।

 


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...