Sunday 1st November 2026

अमेरिकी डलरको भाउ अहिलेसम्म कै उच्च विन्दुमा


तितोपाटी – अमेरिकी डलर अझ बलियो बन्दै गएको छ । केही समयदेखि लगातार उकालो लागेको अमेरिकी डलरको भाउ बुधबार १ सय १९ नाघेको छ । बुधबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर बराबर १ सय १८ रुपैयाँ ७३ पैसा खरिददर तोकेको छ भने बिक्रीदर १ सय १९ रुपैयाँ ३३ पैसा पुगेको छ । यो इतिहासकै सबैभन्दा धेरै हो ।

अमेरिकी डलर शक्तिशाली बन्दा भारतीय रुपैयाँ पनि कमजोर बन्दै गएको छ । भारतीय रुपैयाँ र नेपाली रुपैयाँबीचको विनिमय दरका कारण अमेरिकी डलर वलियो बन्दा यसको असर नेपाललाई समेत प्रत्यक्ष रुपमा पर्ने गरेको छ । १ जनबरी २०१८ मा एक अमेरिकी डलरसँग नेपाली मुद्राको सटही दर एक सय दुई रुपैयाँ ५० पैसा थियो । त्यसपछिका महिनाहरूमा नेपाली मुद्रा डलरसँग निरन्तर रूपमा कमजोर बनिरहेको छ । यसको अर्थ डलर बलियो बन्दै गएको छ भने नेरु कमजोर ।

नेपाली रुपैयाँ कमजोर बन्दा मुलुकको अर्थतन्त्रमा नकरात्मक असर पर्ने अर्थविद्हरु बताउँछन् । यद्यपि, रेमिट्यान्स आप्रवाहमा भने यसले सकरात्मक असर गर्ने गरेको छ । नेपालमा वार्षिक करिब साढे १२ खर्ब रुपैयाँ बराबरको आयात हुन्छ । तर, निर्यात करिब ८१ अर्ब मात्र छ । कुल वैदेशिक व्यापारको ६४.७ प्रतिशत अंश भारतसँग छ । डलरको तुलनामा भारु कमजोर भयो । स्थिर विनिमय दरका कारण भारुको असर नेरुमा पर्‍यो । भारत र अन्य मुलुकबाट आयात गर्दा अधिकांश भुक्तानी डलरमा दिनुपर्छ । यसकारण डलर महँगो हुन्दा स्वत: विदेशबाट भित्रिने सामान पनि महँगो हुन्छ । अहिले पनि त्यही भइरहेको छ । यसकारण डलरको मूल्यवृद्धिमा संर्वसाधारणको चासो बढ्नु स्वाभाविक हो ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...