Tuesday 6th October 2026

अमेरिकी डलरको भाउ अहिलेसम्म कै उच्च विन्दुमा


तितोपाटी – अमेरिकी डलर अझ बलियो बन्दै गएको छ । केही समयदेखि लगातार उकालो लागेको अमेरिकी डलरको भाउ बुधबार १ सय १९ नाघेको छ । बुधबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर बराबर १ सय १८ रुपैयाँ ७३ पैसा खरिददर तोकेको छ भने बिक्रीदर १ सय १९ रुपैयाँ ३३ पैसा पुगेको छ । यो इतिहासकै सबैभन्दा धेरै हो ।

अमेरिकी डलर शक्तिशाली बन्दा भारतीय रुपैयाँ पनि कमजोर बन्दै गएको छ । भारतीय रुपैयाँ र नेपाली रुपैयाँबीचको विनिमय दरका कारण अमेरिकी डलर वलियो बन्दा यसको असर नेपाललाई समेत प्रत्यक्ष रुपमा पर्ने गरेको छ । १ जनबरी २०१८ मा एक अमेरिकी डलरसँग नेपाली मुद्राको सटही दर एक सय दुई रुपैयाँ ५० पैसा थियो । त्यसपछिका महिनाहरूमा नेपाली मुद्रा डलरसँग निरन्तर रूपमा कमजोर बनिरहेको छ । यसको अर्थ डलर बलियो बन्दै गएको छ भने नेरु कमजोर ।

नेपाली रुपैयाँ कमजोर बन्दा मुलुकको अर्थतन्त्रमा नकरात्मक असर पर्ने अर्थविद्हरु बताउँछन् । यद्यपि, रेमिट्यान्स आप्रवाहमा भने यसले सकरात्मक असर गर्ने गरेको छ । नेपालमा वार्षिक करिब साढे १२ खर्ब रुपैयाँ बराबरको आयात हुन्छ । तर, निर्यात करिब ८१ अर्ब मात्र छ । कुल वैदेशिक व्यापारको ६४.७ प्रतिशत अंश भारतसँग छ । डलरको तुलनामा भारु कमजोर भयो । स्थिर विनिमय दरका कारण भारुको असर नेरुमा पर्‍यो । भारत र अन्य मुलुकबाट आयात गर्दा अधिकांश भुक्तानी डलरमा दिनुपर्छ । यसकारण डलर महँगो हुन्दा स्वत: विदेशबाट भित्रिने सामान पनि महँगो हुन्छ । अहिले पनि त्यही भइरहेको छ । यसकारण डलरको मूल्यवृद्धिमा संर्वसाधारणको चासो बढ्नु स्वाभाविक हो ।


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...