Tuesday 24th March 2026

मोना कुवेतले मृगौला पीडितको लागि ओम कुमारी शान्ति कोषलाई पाँच लाख भन्दा बढी रकम हस्तान्तरण


तितोपाटी – म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले म्याग्दी मंगला गाउँपालिका -५ नेटाका दुबै मृगौला पीडित सुरेश छन्त्यालको लागी संकलन गरेको रकम आइतबार ओमकुमारी शान्ति कोषमा एक विशेष कार्यक्रम गरि हस्तान्तरण गरेको छ ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले सुरेश बचाउ अभियानमा १,३३४.८०० कुवेती दिनार र नेपाली ९०० रुपैया गरि जम्मा नेपाली रुपैया ५,०५,२१० ( पाँच लाख पाँच हजार दुई सय दस रुपैया ) संकलित रकम मोना कुवेतका संयोजक प्रेम बहादुर बिश्वकर्मा र काेषाध्यक्ष कृष्ण प्रसाद खड्काले हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै मोना कुवेतका संयोजक प्रेम बिश्वकर्माले प्रवासमा भएर पनि आफ्नो परिवारको गाँस कटाएर भए पनि यति ठूलो रकम संकलन गर्न सफल भएको बताएका थिए भने कार्यक्रम संचालन ओम कुमारी शान्ति कोषका सचिब लोकेश पुन मगरले गरेका थिए ।

कुवेतको नेपाली समाजमा हालसालै गठन भएको मोना कुवेतले छोटो समयमै उदाहरणीय कार्य गर्न सफल भएको छ । केहि समय पहिले देखि दुवै मृगौलाले काम गर्न नसकेर थलिएका सुरेश बचाउनको लागि अभियान चलाउनु साथै धेरै  पीडितहरूको लागि पनि सहयोग गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...