Wednesday 11th February 2026

कुवेतमा रहेका नेपालीले खोलेको कम्पनी अाइडियल युनाइटेडले करिब ७० लाखको लागतमा भैंसीपालन गर्ने


तितोपाटी – कुवेतमा रहेका प्रवासी नेपालीहरुद्धारा स्थापना गरेको आईडियल युनाइटेड एग्रिकल्चर प्राईभेट लिमिटेडले भैसी पालन गर्ने भएको छ । अाइडियल युनाइटेड एग्रकल्चरको साधारण सभाबाट भैंसी पालन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित भएपछि सो निर्णय भएको हो । अाइडियल युनाइटेडको संञ्चालक समितीका अध्यक्ष ईन्द्र प्रसाद पोखरेलको अध्यक्षतामा वार्षिक साधरण सभा गरेर सभाध्यक्ष अध्यक्ष ईन्द्र प्रसाद पोखरेलद्धारा भैसी पालनका लागि पेश गरेको कार्ययोजनालाई अनुमोदन गरे पश्चात ७० लाख अनुमानित लागतको भैंसीपालन गर्ने निर्णय गरिएको बुझिएको छ जसका लागि सभाले ३४ हजार थान कित्ता शेयर निस्काशन गर्ने गर्नेछ ।

भैसी पालनका लागि आवश्यक काम सहज रुपमा गर्न विभिन्न उपसमितीहरु बनेका छन । जस अन्तर्गत जीवन कुमार सुनारको अध्यक्षतामा सुर्वण दाहाल र मेघनाथ अर्याल रहेको र पछि २ जना सदस्य थप गर्ने गरी ५ सदस्यीय व्यवस्थापन समिति बनाएको छ । यसैगरी अर्का शेयर सदस्य पूर्ण प्रसाद श्रेष्ठ संयोजक तथा भरत न्यौपाने, उपसंयोजक र सदस्यहरु अर्जुन बहादुर बस्नेत, आश बहादुर नेपाली र ठाकुर प्रसाद पौडेल रहने गरी प्राविधिक समिती र संस्थाको आर्थिक गतिविधी पारदर्शी बनाउन संयोजक लोमस बास्तोला, सदस्य रवि बन्जाडे र सूर्यश्वरी याख्खा सहितको तीन सदस्यीय लेखा समिती गठन गरेको छ ।

यस अघि कुवेतमा रहेका प्रवासी नेपालीहरूले नेपालमा कृषि क्षेत्रमा लगानी गर्ने अभियान अन्तर्गत विक्रम संवत २०७१ सालमा सो कम्पनी स्थापना गरेका थिए भने कम्पनी एेन अन्तर्गत सो कम्पनी दर्ता भए पछि वि.स. २०७३ साल असोजमा ८७ हजार थान कित्ता शेयर जारी गरेको थियो । कम्पनीले पूर्व विरेन्द्र नगर गाविस वडा न ९ हालको राप्ति नगरपालिकाको पाख्रिवास स्थित एक विगाह ११ कठ्ठा जमिन खरिद गरेको थियो ।

कम्पनिलाई बदनाम गर्ने उदेश्यले कुवेतका केहि व्यक्तिहरुले गलत प्रचार गरिरहेको भन्दै समितिले दुःख व्यक्त गरेको छ । भविष्यमा स्वदेशमै रहेर कृषिजन्य उत्पादन गर्ने र नेपाली युवालाई रोजगारी समेत प्रदान गर्ने उदेश्यले कम्पनि खोलिएकाले सबैको सहयोग अपरिहार्य रहेको संचालक समितीका अध्यक्ष ईन्द्र प्रसाद पोखरेल बताए । कम्पनि सबैको साझा भएकाले साझा अवधारणाका साथ अगाडि बढेको पनि पोख्रेलले बताए ।

कम्पनीको शेयर पुजी १ करोड र चुक्ता पुंजी तिन करोडको रहेको छ । कम्पनी संचालनका लागि कुवेतबाट नेपाल फर्किएका शेयर सदस्य आश बहादुर नेपालीलाई प्रबन्धकका रुपमा नेपाली २५ हजार रुपैया मासिक तलब दिने गरी गत मार्च २०१७ बाट नियुक्त गरि सकेको छ । कम्पनीले जमिन सम्याउने, प्रबन्धक रहने आवास, सिंचाईका लागि डिप बोरिङ तथा तारको घेरावार जस्ता संरचना बनाउन र प्रवन्धकको तलब समेतमा गरी करिब २७ लाख खर्च गरिसकेको छ । आईडियल युनाईटेड एग्रिकल्चरका जम्मा शेयर सदस्य संख्या ३४ जना रहेका छन यसमा करिब १५ जिल्लाका युवाहरुको सहभागिता छ ।


सम्बन्धित शीर्षकहरु

-नारायण कोइराला मन्दिर भित्र पस्दैथिएँ।एक्कासी मन्दिरको पर्खाल भत्कियो। मन्दिरभित्रका देउतामा डर,त्रास केही देखिनँ। पर्खालका ढुंगा आपसमा ठोकिएर फुटे। जताततै छितारिए।…

साउदी अरबका रक्षामन्त्री तथा युवराज खालिद बिन सलमानले राजधानी रियादमा ‘विश्व रक्षा प्रदर्शनी (World Defense Show – WDS 2026)’ को…

नेपाल आईसीसी टी-२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा…

प्रतिकृयाहरू
...