Saturday 19th September 2026

यस वर्षको नोबेल शान्ति पुरस्कार युद्धकालिन याैनहिंसा विरोधी अभियन्तालार्इ


तितोपाटी – यस वर्षको नोबल शान्ति पुरस्कार युद्धका क्रममा हुने यौन हिंसा विरुद्धका अभियन्ता द्वय नाडिया मुराद र डेनिस मुक्बेजेले पाउने भएका छन्। नर्वेस्थित नोबेल पुरस्कार समितिले उनीहरुलाई युद्धका क्रममा पीडित भएका जनताको रक्षामा महत्वपूर्ण योगदान पुराएको भन्दै सन् २०१८को शान्तिका लागि नोबेल पुरस्कार दिने निर्णय गरेको हो।

नोबेल पुरस्कार विजेता चयन गर्ने समितिकी अध्यक्ष बेरिट राइस-आन्डर्सनले उनीहरू दुई जनाले त्यस्ता अपराधविरुद्धको सङ्घर्षमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छन्। सन् २०१४ नोभेम्बरसम्म इराकको मोसुल सहरमा मुराद इस्लामिक स्टेटकी बन्धक थिइन्। तर पछि उनी भाग्न सफल भइन् र यजिदीहरूको मुक्तिका लागि र मानवतस्करी रोक्न अभियान चलाइन्। उनीलगायत झन्डै तीन हजार यजिदी महिलाहरूलाई इस्लामिक स्टेटले बन्धक बनाएको थियो। उनीहरूले बलात्कार र अन्य दुर्व्यवहार खेप्नु परेको थियो। कुर्दिस महिला मुराद इस्लामिक स्टेट(आईएस)का लडाकुको बलात्कार तथा हिंसामा परेर मुक्त भएपछि कुर्दिस जनताको मुक्ति अभियानमा परिचित बनेकी थिइन्।

कंगोका चिकित्सक मुक्वेजे युद्दका समयमा यौन हिंसा पीडितको जीवन रक्षामा महत्व पूर्ण भूमिका निर्वाह गरेका थिए। उनले यौन हिंसामा परेका महिलाको उपचारमा विशेष योगदान पुराएका थिए। आफ्ना सहकर्मीहरूसँग मिलेर मक्वेगले यौनहिंसाबाट पीडित झन्डै ३० हजार महिलाहरूको उपचार गरेका छन्। युद्धग्रस्त क्षेत्रमा महिलालाई यौनहिंसाबाट हुने घाउचोटको उपचारमा उनको विशेषज्ञता छ। उनले निरन्तर रूपमा दण्डहीनता र सामूहिक बलात्कारका घटनाको निन्दा गरेका छन्।

पुरस्कार समितिले यौन हिंसालाई युद्धको हतियार बनाउने कार्यको अन्त्यका लागि गरेको प्रयासको कदर गर्दै उनीहरुलाई नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको जनाएको छ। नोबेल शान्ति पुरस्कारका लागि यो वर्ष ३३१ व्यक्ति तथा संस्थाको प्रस्ताव आएको थियो।


सम्बन्धित शीर्षकहरु

मैलेँ विदेशबाट आमालाई सोधेँ आमाले स्वदेशबाट मलाई सोध्नु भयो दुइटैको सोधाइ उस्तै थियो आमाले सन्चै छौँ भन्नु भयो मैलेँ सन्चै…

अत्याधुनिक चिकित्सा प्रविधि र दक्ष चिकित्सकको टिम: पारस मल्टिस्पेसियालिटी हस्पिटलमा बढ्दै बिरामीको विश्वास -गुलाम नवि मन्सुर विराटनगर, पछिल्लो समय विराटनगरस्थित…

इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झण्डा बोकेको तेलवाहक जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ । इरानी अधिकारीहरूका अनुसार…

प्रतिकृयाहरू
...