Thursday 11th June 2026

चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार यस वर्ष जेम्स र ताशुकुलार्इ


तितोपाटी – यो वर्ष चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिक जेम्स पी एलिसन र जापानी वैज्ञानिक ताशुकु होन्जोले पाउने भएका छन्। शरीरको रोगप्रतिरोधी क्षमता विकास गरेर छालाको प्राणघातक क्यान्सर निस्तेज गर्न सकिने पद्धति विकास गरेका कारण उनीहरुलाई यो पुरस्कार दिने निर्णय गरिएको नोबेल पुरस्कार वितरक स्वीडिस एकेडेमीले जनाएको छ।

विज्ञहरुले छालाको क्यान्सर निराकरणका लागि यो अत्यन्तै प्रभावकारी रहेको टिप्पणी गरेका छन्। १० लाख १ हजार डलर राशीको उक्त पुरस्कार पाउने एलिसन टेक्सास विश्वविद्यालयका प्राध्यापक हुन भने होन्जो क्योटो विश्वविद्यालयका प्राध्यापक हुन्।

यी दुई वैज्ञानिकलाई सन् २०१८ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने नोबेल समितिले घोषणा गरेको हो । दुवै वैज्ञानिकले क्यान्सर रोगको उपचारका क्षेत्रमा नवीन खोजका लागि उक्त पुरस्कार दिइएको नोबेल समितिले जनाएको छ।

यसैबीच, स्वीडेनको अदालतले साहित्यतर्फको नोबेल पुरस्कारका लागि मनोनयन गरिएका ७२ वर्षीय फ्रान्सेली साहित्यकार जाँ–क्लाउड आर्नोल्टलाई बलात्कारको आरोपमा दुई वर्षको जेल सजाय सुनाएको छ। स्टकहोम जिल्ला अदालतले साहित्यकार आर्नोल्ट दोषी रहेको पुष्टी भएको बताएको छ।

आर्नोल्टकी पत्नी स्वेडिस एकेडेमीको सदस्य रहेकी छिन्। यही एकेडेमीले साहित्यतर्फको नोबेल पुरस्कारका विजयी घोषणा गर्दछ। यिनै दुईवटा विवादका कारण यसवर्ष साहित्यतर्फको नोबेल पुरस्कार नदिइने भएको छ।

बलात्कारको आरोप नोभेम्बर २०१७ मा उठेको थियो। हलिउडका चर्चित व्यक्तित्व हार्भे वाइन्स्टाइनमाथि बलात्कारमा दोषी पाइएसँगै साहित्यकार आर्नोल्टको मुद्दा सार्वजनिक भएको हो।

स्वीडेनको दैनिक अखबार डाजेन्स न्यीटरले आर्नोल्टमाथि १८ जना महिलाले बलात्कार, यौनशोषण वा तनाव दिएको दाबी गरेको खबर छापेको थियो।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि थप कडा आक्रमण गर्ने चेतावनी दिएका छन् र सम्झौतामा हस्ताक्षर गर्न आग्रह गरेका छन्। अमेरिकी हेलिकोप्टर…

लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि महत्वपूर्ण उपलब्धि हासिल भएको छ। फ्लाईदुबईले आगामी २३ सेप्टेम्बर…

नेपालको संविधान कार्यान्वयनको एक दशक पुग्न लाग्दा संघीय संरचनाको प्रभावकारिता र खर्चबारे बहस फेरि चर्किएको छ। यही सन्दर्भमा सार्वजनिक भएको…

प्रतिकृयाहरू
...