Thursday 22nd October 2026

विदेशमा कार्यरत नेपालीले दूतावासबाटै श्रम स्वीकृति लिन पाउने


तीतोपाटी-वैदेशिक रोजगार ऐनमा रहेको व्यवस्थालाई संशोधन गरेर यो व्यवस्था लागू गर्न लागिएको हो । पछिल्लो व्यवस्था मन्त्रिपरिषदबाट पास भइसकेको छ । संसदबाट संशोधन पास हुनेबित्तिकै कामदारले विदेशबाटै श्रमस्वीकृति लिन पाउनेछन् ।

सरकारले तत्काललाई विदेशमा घरेलु काममा पठाउन रोक लगाएको छ । यही व्यवस्थाका कारण घरेलु काममा पनि राम्रो काम र कमाइ गरिरहेका थुप्रै घरेलु कामदार स्वदेश फर्कन पाएका थिएनन् ।

नेपाल फर्किएपछि श्रम स्वीकृति नहुने भएकाले धेरै घरेलु कामदार भिसा अवधिभन्दा धेरै समय विदेशमा बस्न बाध्य थिए । अब विदेशबाटै श्रम स्वीकृति हुने भएपछि घरेलु कामदार सहित सबै कामदार श्रम स्वीकृति लिन नेपाल आउनु पर्ने झण्झटबाट मुक्त हुनेछन् ।

दुई पटकभन्दा बढी श्रम स्वीकृति लिन पाउने व्यवस्था हुँदा कामदार नेपाल नफर्किने अवस्थालाई ध्यान दिंदै यो व्यवस्था ल्याइएको स्रोतले जनाएको छ ।

श्रम स्वीकृतिको लागि नेपाली कामदारले सास्ती खेप्दै आएकाले श्रम मन्त्री गोकर्ण विष्टको पहलमा नयाँ व्यवस्था गर्न लागिएको हो ।

साभार-उज्यालो अनलाइन


सम्बन्धित शीर्षकहरु

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

प्रतिकृयाहरू
...