Thursday 2nd May 2024

सुदुरपश्चिमेली नेपाली समाज कुवेतले गौरा पर्व तथा तिज विशेष कार्यक्रम भब्यरुपमा मनायो


बसन्त थापा- सुदुरपश्चिमेली नेपाली समाज कुवेतले हिजो ७/९/१८ शुक्रबारको दिन कुवेतको सिटि साल्मिय स्थित डम्पा रेस्टुरेन्टमा गौरा पर्व तथा तिज कार्यक्रम भब्यरूपमा सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा सुदुरपश्चिमेली दाजुभाइ तथा दिदि-बहिनिहरुको ठुलो उपस्थिति रहेको थियो भने उपस्थिति सम्पुर्ण लाई संस्थाले दर लगायत अन्य परिकारका भोजनको ब्यबस्था गरेको थियो ।

केहो त गौरा पर्व

गौरा पर्व विशेष गरी हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन पञ्च अन्नको मिश्रण –बिरूडा- तामाको भाँडोमा राखेर गौरा पर्व शुरू गरिने र शिव पार्वतीको पुजा आजा गर्दै पाँचौ दिन बिरूडा फड्किंदै (छर्किंदै) प्रसादका रूपमा विरूडा बाँढेर गौरा पर्व सम्पन्न गर्ने गरिन्छ।

पञ्च अन्नको मिश्रण बिरूडा राख्ने, अँकुर निस्केपछि विरूडा सहित हरियो घाँसको गौरा बनाएर गित गाउदै, नजिकको मन्दिरमा भित्र्याउने र पुजा आराधना गरिन्छ। शिव र पार्वतीको प्रेम अनि बिवाहको स्मरण गर्दै विशेष विधिविधान अनुसार शिव पार्वतीको पुजा, अरधना गरेर महिलाहरूले ब्रत मनाउने गर्छन भने पुरूषहरूले देउडा खेलेर खुशियालीमा साथ दिन्छन्।

महिलाहरुले करिव ३ देखि ५ दिनसम्म एक मात्र फलाहार खाएर वर्त बसी पूजाआजा गरी धुमारी जस्ता गीत गाउने र देउडा खेल्ने गर्छन्। विशेष गरी सुदूरपश्चिम क्षेत्रका सबै जिल्लामा र मध्यपश्चिम क्षेत्रका केही पहाडी जिल्लाका महिलाहरूले मनाउने गरेको यो बिदेशमा पनि मनाउने गर्छन ।

गौरा पर्वमा वर्तालु महिलाहरुले घांटीमा दुव धागो बाँध्ने प्रचलन छ। पुरूषले जनर्इ लगाए झैं महिलाले दुव धागो लगाउने गर्दछन्। सांगीतिक पर्वको रूपमा पनि यो पर्व मनार्इन्छ। शिव र गौरी अर्थात गौराको पुजा आराधनाले मनोकाँक्षा पुरा हुने, पारिवारिक सुख र सौभाग्य प्राप्त हुने मान्यता रहेको छ। यो पर्वलाई एकताको पर्व पनि भन्ने गरिन्छ । यो पर्वको धार्मिक मान्यता अनुसार पौराणिक कालमा पार्वतीले निराहार बसी नित्य आराधना गरी भगवान शिवलार्इ वरको रूपमा प्राप्त गरेकी थिर्इन। त्यसैको सम्झनामा शिव पार्वतीको पुजा आजा गर्दै देउडा खेलेर यो पर्व मनार्इने चलन छ।

उक्त कार्यक्रममा बोल्दै महा- सचिब बलायरले यो पहिलो चोटी कुवेतमा आफ्नो कला संस्कृति को पहिचार र जगेर्ना गर्ने उदश्यले गौरा पर्व मनाएका हौ आगामि दिनहरुमा यस सुदुरपश्चिमेली नेपाली समाज कुवेतले भब्यताका साथ मनाउने बताएका छन भने हाम्रो कला संस्कृतिको जगेर्ना गर्नु हाम्रो दाइत्व हो ।त्यसैले आगामि दिनहरुमा पनि औपचारिक रुपमा मनाउने भन्दै संस्थाले कार्यक्रम सफलताका साथ सम्पन्न गर्नुहुने सम्पुर्ण नेपाली सुदुरपश्चिमेली दाजुभाइ “दिदिबहिनि तथा अन्य संस्थाका पदाधिकारि ज्यूहरुलाई धेरै धरै धन्यबाद ब्यक्त गरेको थियो


सम्बन्धित शीर्षकहरु

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार…

विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् । बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स…

प्रतिकृयाहरू
...