Saturday 10th October 2026

सरकारद्वारा वैदेशिक रोजगारमा रहेकाहरूको लागि संचयकोषको व्यवस्था गर्ने तयारी


तितोपाटी – सरकारले कामका लागि विदेश जाने कामदारलाई सञ्चयकोषको व्यवस्था गर्ने तयारी थालेको छ। युवा अवस्थामा विदेसिने तर स्वदेश फर्केपछि जीविकोपार्जनमै समस्या आउने अवस्था देखिएपछि सञ्चयकोषको व्यवस्था गर्ने तयारी गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएका छन्।

बिहीबार संसदका उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै विष्टले यसका लागि समाजिक सुरक्षा कोषलाई परिचालन गरिने जनाएका छन्। सञ्चयकोष व्यवस्था गर्न मन्त्रालयले कर्मचारी सञ्चयकोष, नेपाल राष्ट्र बैंक र मन्त्रालयका अधिकारी सम्मिलित कार्यदल गठन गरेको छ। कार्यदलको सुझाव प्राप्त भएपछि सोहीअनुरुप कार्यक्रम ल्याइनेछ।

श्रमिकले गरेको न्यूनतम योगदानको कोषबाट सरकारले लाभदायक परियोजनामा लगानी गराएर श्रमिकको आयको स्रोत बढाइदिने स्किम ल्याउने उनले बताए। मन्त्रालयले विदेसिने कामदारका सन्दर्भमा रहेका कानुनी तथा प्राविधिक समस्याबारे पनि अध्ययन् गरिरहेको छ।

विदेशमा कमाएको तलबबाट न्यूनतम रकम संचय कोष वा अन्य कोषमा जम्मा गर्ने र त्यहाँबाट आउने ब्याजबाट कामदारका नेपालस्थित परिवारलाई सामाजिक सुरक्ष दिन सकिने योजना विष्टले सुनाएका थिए।


सम्बन्धित शीर्षकहरु

रुद्राक्ष Elaeocarpus ganitrus नामक रुखको बीउ हो, जसलाई सनातन हिन्दू धर्ममा भगवान शिवसँग जोडेर हेरिन्छ। धार्मिक विश्वासअनुसार रुद्राक्ष भगवान शिवका…

पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) का अनुसार भूकम्पपछि केही क्षेत्रमा भवन तथा संरचनामा क्षति…

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा फेरि विवादमा तानिएका छन्। सरकारी निकायहरूले अदालतमा विचाराधीन मुद्दामा प्रभाव पार्ने, मुद्दा मिलाउने र आर्थिक कारोबार गरेको…

प्रतिकृयाहरू
...