Sunday 16th August 2026

सरकारद्वारा पुनर्निर्माण प्राधिकरणको सीर्इअो मा पनुः ज्ञवालीलार्इ नियुक्त


तितोपाटी – राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सुशील ज्ञवाली नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई प्राधिकरणको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

ज्ञवाली यसअघि पनि प्राधिकरणको सीईओ भइसकेका व्यक्ति हुन् । ओली सरकारको पालमा अघिल्लो पटक नै प्राधिकरणको सीइओ नियुक्त भएका ज्ञवालीलाई पुष्पकमल दाहाल प्रचण्ड को सरकार बनेपछि हटाइएको थियो ।

आफूलाई हटाउने प्रचण्ड सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै उनी अदालत समेत पुगेका थिए । तर, उनको मुद्दामा अन्तरिम आदेश भएन । त्यसयता दुई वटा सीआईओ बदलिए पनि ज्ञवालीको मुद्धाको सुनुवाई भएको छैन ।


२०७२ वैशाख १२ को भूकम्पपछि तत्कालीन सरकारले योजना आयोगका उपाध्यक्ष गोबिन्द पोखरेललाई नै प्राधिकरण सीईओको जिम्मेवारी पनि दिएको थियो । अध्यादेशमार्फत प्राधिकरण गठन भएको थियो । तर, दलहरुबीच सहमति नहुँदा संसद सुरु भएको ६० दिनभित्र अध्यादेश स्वीकृत नभएपछि पोखरेल स्वतः पदमुक्त भए । प्राधिकरणसम्बन्धी विधेयक बनाउने क्रममा पनि कांग्रेसले पोखरेललाई नै सिइओ बनाउनुपर्नेमा जोड दिएको थियो ।

पोखरेललाई बर्खास्त गरेपछि सुशील ज्ञवाली नयाँ सिइओ नियुक्ति भएका थिए । उनी प्रमुख रहँदा भूकम्पपछिको पुनर्निर्माणको काम प्रभावकारी रुपमा अगाडि बढ्न सकेन । पुनर्निर्माण गतिशील रुपमा अघि बढ्न नसकेपछि सरकार आलोचितसमेत भएको थियो भने सहयोगको घोषणा गरेका दातृ मुलुक र निकायले रकम फिर्ता हुने चेतावनीसमेत दिने अवस्था आयो। यसरी चौतर्फी आलोचना र उनको स्पष्टीकरण चित्तबुझ्दो नपाएपछि प्रचण्ड सरकारले पुनः पोखरेललाई नियुक्ति गरेको थियो । कांग्रेसबाट उम्मेदवार बन्ने भएपछि पोखरेलले राजीनामा दिएका थिए ।

पोखरेलले राजीनामा दिएपछि पूर्वप्रशासक युवराज भुसाल प्राधिकरणको सीईओ भएका थिए । तर, वर्तमान सरकारले उनलाई प्राधिकरण प्रमुखबाट हटाएपछि सीइओ पद रिक्त थियो।


सम्बन्धित शीर्षकहरु

इरानसँगको युद्ध छ महिनासम्म लम्बिँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सुरुवातमा राखेका कडा लक्ष्यहरू क्रमशः सीमित हुँदै गएको संकेत…

BREAKING: इरानी अधिकारीहरूले मार्जिएह नेयरी (Marzieh Neyri, जसलाई Marziyeh Nayeri भनेर पनि उल्लेख गरिएको छ) नामकी एक युवतीलाई मृत्युदण्ड दिएका…

काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्। चीनको ग्वाङ्झाउमा सुरु…

प्रतिकृयाहरू
...