Tuesday 25th August 2026

मकाउमा नेपाली युवाले डाँकासँग प्रतिकार गरि महिलाको ज्यान बचाए


तितोपाटी – मकाउमा कार्यरत एक नेपालीक युवाको बहादुररीको अहिले मकाउमा प्रसंसा अनि चर्चा चलेको छ ।

मकाउमा कार्यरत लम्जुङका राम बहादुर केसीले डाकासँग प्रतिकार गरेर दुई महिलाको जिउज्यान र धन बचाइदिएकोमा प्रसंसा र चर्चा गरिएको हो । उनको मकाउबाट प्रकाशित मकाउ पोष्ट लगायतका पत्रिकाहरुहरुमा पनि नाम आएको छ ।

रातीको डिउटीका लागि डाइनेस्टीतर्फ जाने क्रममा सन्मालोबाट आफ्नो गन्तव्यतर्फ जान लागेका केसीले दुईजना महिलाहरु चिच्याएको (चोर–चोर) भनेको सुनेपछि केसी उनीहरु चिच्याएतर्फ दौडिएर गए । त्यहाँ पुग्दा एकजना मानिस ति महिलाको ब्याग खोसेर भागिरहेका थिए भने महिलाहरु चिच्याइरहेका थिए । उनी चोर भएतिर दौडिए । उनले चोरलाई समाएर ती महिलाको व्याग पनि फर्काउन सफल भए तर उनी चोरको प्रतिकार गर्नेक्रममा घाइते भए ।

केही समय भएको लडाइमा चोरी गर्ने ती व्यक्तिले पछाडिको पकेटबाट छुरा निकालेर केसीको पाखुरा, कोखामा प्रहार गर्दा उनी घाइते भएका हुन् । उनले आफू घाइतेरहेको अबस्थामा पनि चोरी गर्ने व्यक्तिलाई प्रहरीलाई पक्राउन सफल भएरै छाडे । अहिले केसीको अस्पतालमा उपचार भइरहेको उनी खतरामुक्त भएको बताइएको छ ।

प्रहरीले उक्त चोरीगर्ने मानिस गैरकानुनी रुपमा मकाउ प्रवेश गरेको पत्ता लगाएको छ । इलिगल रुपमा पसेर चोरीमा संलग्न रहेको मानिसलाई पक्राउ गर्न केसीको सहयोग पुगेको भन्दै प्रहरीले उनको सह्राना गरेको छ ।

केसीको बहादुरीको प्रसंसा गर्दै उनी कार्यरत सेक्युरेटी कम्पनीले उनको उपचारको समग्र खर्च बेर्होने जनाएको छ । साथै उनलाई आरामगर्न भन्दै कम्पनीले १५ दिनको विदा समेत दिएको केसीले बताएका छन् ।

मकाउ म्यानेजमेन्ट कम्पनीमा कार्यरत उनी मकाउ बडिविल्डिङ एसोसियसन नेपाल मकाउको टेक्निसियन युबा संयोजक रहेको पनि मकाउ नेपाल बडिविल्डिङ मकाउका सभापति बाबा भाई (सृजन) ले बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले करिब पाँच दशकपछि सिरियालाई “आतंकवाद प्रायोजक राष्ट्र”को सूचीबाट हटाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियाली राष्ट्रपति अहमद अल-शाराले अन्तर्राष्ट्रिय…

अमेरिकाले इरानसँग आर्थिक सम्बन्ध कायम राख्ने देशहरूलाई कडा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानलाई आर्थिक रूपमा…

भारतको इलाहाबाद उच्च अदालतले विद्यालयको निर्धारित पोसाकसँगै हिजाब वा अतिरिक्त हेडस्कार्फ लगाउने विषयमा महत्वपूर्ण फैसला सुनाएको छ। अदालतले स्कुलले तोकेको…

प्रतिकृयाहरू
...