Saturday 18th May 2024

छाडातन्त्र अन्त्यका लागि सर्वसत्तावाद अावश्यक


बालकृष्ण घिमिरे, बनेपा काभ्रे – यो देशमा लोकतन्त्र , प्रजातन्त्र र गणतन्त्रको नाममा मौलाउदै गएको छाडातन्त्रको अन्त्यका लागि ताजा जनादेश प्राप्त यो सरकारले हरेक क्षेत्रमा हस्तक्षेपकारी भूमिका निभाउनुको विकल्प छैन । व्यवस्थापिका , कार्यपालिका र न्यायपालिका भित्रै मौलाएको छाडातन्त्र अन्त्यका लागि दुईतिहाईको दम्भ देखाउनुको बिकल्प छैन ।
त्यसैले भष्टाचारी र तस्करीका नाईकेहरुले दुई तिहाईको दम्भ देखाउदै सरकार सर्वसत्तावादी भयो भन्दै गर्दा पुस्तौ देखी छाडातन्त्रमा रमाउदै राष्ट्रलाई चुस्ने धमिराहरुलाई निर्मुल पार्न र सु-शासन कायम गर्न जस्तो सुकै कठोर परिस्थितीको पनि डटेर सामना गर्दै जनताले दिएको दुईतिहाई मतको सम्मान गर्नै पर्छ । जनताले मत राष्ट जोगाउन दिएका हुन । नकी राष्ट्रघातीहरुको पछीपछी लाग्न र उनीहरुकै विगतलाई पछ्याउन् दिएका हुन । आफु सत्ताबाट बाहिरिने निश्चित भएपछी राष्ट्रिय ढुकुटीको ब्रम्हलुट गर्दै ढुकुटी रित्याउनेहरुका लागि यो सरकार सर्वसत्तावादी हुनै पर्दछ ।बिगतमा सत्ताको आडमा चेलीवेटी बेच्दै मानव तस्कर गर्ने र सत्ताकै आडमा न्यायपालिका खरिद गर्दै कानुनी राज्यलाई खिल्ली उडाउनेहरुका लागि पनि यो सरकार सर्वसत्तावादी हुनै पर्छ ।

बिगत लामो समय देखी बिधिको शासनको अन्त्य गर्दै राजनीतिक पार्टिको मुख्यालयको जस्तो व्यवहार गर्दै आएको न्यायालय माथिको हस्तक्षेप पनि सर्वसत्तावादी रुपमै हुनै पर्छ र त्यसपछी मात्रै न्यायमुर्ती भनिएकाहरुको चेतना खुल्छ र उनीहरुले दिने न्याय वास्तविक पीडितको पक्षमा र स्वतन्त्र हुन्छ ।

हिजो पहिलो कम्यूनिष्ट सरकारले जनप्रिय र लोक कल्याणकारी काम सुरु गर्दा आत्तिएकाहरु आज त्यसै गरी सरकार गठन भएको चार महिनामा नै अतालिन पुगेका छन । हैन भने कम्तिमा एक वर्ष किन कुर्न सक्दैनन् ? किन यो देशका बहु-संख्यक जनताले तिरस्कार गर्दा पनि लोकतन्त्र ,प्रजातन्त्र र गणतन्त्रको ठेक्का आफुलाई मात्रै परेको रटान रट्दै छन् ?

उनीहरुसँग साठगाठ गर्नेहरु मध्येका प्रमुख सिण्डिकेटधारी यातायात ब्यवसायी , स्वास्थ उपचारको नाममा सकृय मेडिकल माफिया र मानव तस्कर रुपी म्यानपावर व्यवसायीहरुको पछिल्लो गतिविधिले थुतुनो जोडीएको पुश्ट्याई गर्दैन र ?

“ हो, यो सरकारले जनताको ढाड भाच्नेगरी हरेक क्षेत्रमा कर बढायो, बढायो मात्रै हैन साना ठुला सबैलाई करको दायरामा कस्न खोज्यो । त्यसको प्रमुख दोषी को ? बाउले मर्ने बेलामा भएको श्रीसम्पती दुनियाँलाई बाड्दिए, हिजो आफ्नो वरिपरि घुम्ने नन्दीभृगीहरुलाई लौ मोज गर, अब मेरो मर्ने समय आउन लागो भन्दै हिजो गरेको कु-कृत्यको गुन तिर्न सम्पत्ति सक्दिए । अब छोराले के गरोस् । दुनिया कहाँ पुगी सक्यो ? सम्पत्ति कसरी जोड्ने, कसरी छिमेकी सरह हुँदै बालबच्चा बढाउने, पढाउने र हुर्काउने ? यसको चिन्तामा आम्दानीका स्रोत खोज्दा आज केही समयका लागि जनता पीडित बनेका छन । दुई चार वर्ष पीडित बनेर पुस्तौ पुस्ता सु:खी हुईन्छ भने सहनुको विकल्प छैन ।

हरेक क्षेत्रमा देखिएको करछली , चुहावाट , तस्करी र भष्टाचारको अन्त्य गर्छु भन्दा तिनै माफियाहरुलाई बोक्दै आन्दोलनको ध्वाँस दिनु कत्तिको जायज होला ? के सचेत नेपाली जनता अझैं त्यो नौटङ्की नबुझ्ने अवस्थामै होलान ?

त्यसैले नेपाल सरकारले तत्काल तीन काम गर्नु पर्दछ ।
१, मेडिकल माफियाको समाप्तिका लागी सम्पूर्ण निजी मेडिकल कलेजहरु सरकारीकरण गर्दै यसमा देखिएको चरम सिण्डिकेटको अन्त्य गर्नुपर्छ ।
२, मानबतस्करी समाप्त पार्न वैदेशिक रोजगारिका नाममा ब्रम्हलुट मच्चाउँदै आएका सम्पूर्ण म्यानपावरहरु सरकारीकरण गरेर सिधै सरकारले सम्बन्धित मुलुकहरुमा कामदार पठाउने व्यवस्था मिलाउनु पर्दछ ।
३, सम्पूर्ण क्षेत्रको भष्टाचार र बिकृति अन्त्यका लागि दुई तिहाईको दम्भ देखाउदै संबिधान सम्सोधन गरेर कठोर कानुन निर्माण गर्नुपर्दछ ।

कम्तिमा आफ्ना सन्तति भनेकै जनता हुन भन्ने भावना बोकेका हालका प्रधानमन्त्री ओलीले भष्टाचार र बिकृति अन्त्यका लागि आफ्नै पार्टिभित्र रहेका केही भष्टाचारी र तस्करीहरुलाई कानुनी कठघरामा कोच्ने हिम्मत राख्नु पर्दछ | त्यसैले बिकृतिको रुपमा मौलाउदै गएको छाडातन्त्र अन्त्यका लागी परी आए सर्वसत्तावादी हुनै पर्दछ |


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...