Thursday 14th May 2026

एनअारएनको मध्यपुर्व भेला स्वदेश फर्केकाहरूको लगानीलार्इ समेट्ने होस


सुरज मास्के – यही अगस्ट २३ देखि २५ सम्म हुन गइरहेको गैर आवसीय नेपाली संघको मध्यपूर्व भेलाले यस पटक पनि मध्यपूर्वमा भइरहेको समस्याको बारेमा ठुलै छलफल गरिनेछ र घोषणा-पत्र जारी गरिनेछ । यस भेलामा सकेसम्म धेरै एन सी सी का पदाधिकारीहरु तथा एन आर एन अभियन्ताहरुको सहभागिता रहने कुरामा दुइ मत छैन र यो हुन पनि पर्छ । यस भेलाले जारी गर्ने घोषण पत्र विगतका जस्तै घोषणामा मात्रै सिमित रहन नदिन दोश्रो पटक भेलाको आयोजना गने मौका पाएको एनसीसी यु ए इ ले ध्यान दिन पनि जरुरी छ । दुइ वर्षीय चुनावका बेलामा मात्र सदस्य भएका पञ्जिकृत सदस्यहरुबाट पनि सकेसम्म धेरै सहभागी गराउन जरुरी छ । कतिपय एनसीसीहरुले वार्षिक साधारण सभा गरी सकेका छन् र पक्कै पनि ती पञ्जिकृत सदस्यहरूको राय लिएकै छन् भन्ने विश्वास छ ।

२०११ मा दुवइ मा नै भएको भेलाले पारित गरेको सामुहिक लगानीमा के कति प्रगति भए र मध्यपूर्वबाट कति लगानी भन्दा पनि कति व्यक्ति सहभागी भए भन्ने कुराको पनि जानाकारी गराइनेछ भन्ने आशा छ । मध्यपूर्वबाट ठुला लगानी भन्दा पनि धेरै जना सहभागी हुने गरि साना तथा मझौला सामुहिक लगानी जुटाउन जोड दिइनु पर्छ । विशेष गरि धेरै भन्दा धेरै रोजगारीको श्रृजना गर्ने प्रकारको । मध्यपूर्वमा कार्यरत एनआरएनहरु केही वर्ष पछि स्वदेश नै फर्किनेहुन् र तिनीहरुको स्वदेश फिर्ति पछि पनि केही हद सम्म रोजगारी प्राप्त गर्ने माध्यम बनाउन सकोस् भन्ने तरिकाले सामुहिक लगानीको कार्यलाई सुचारु गर्न पर्छ । धेरै योजना र धेरै रोजगारीको श्रृजना भएमा अवश्य पनि यस क्षेत्रका धेरै भन्दा धेरै नेपालीहरुलाई यस संघमा अवद्ध गराउन सकिने छ । मध्यपूर्वका एनआरएनहरु यस संघको देखाउने दाँत र दोहोरो नागरिकताको माग गर्न मात्र प्रयोग गरिन्छ भन्ने आम नेपालीको भावना बदल्न पनि यस प्रकारको आयोजनाले गर्नेछ । सुनौलो भविश्य बोलेर घोषणा गरेर मात्र होइन निश्चत योजना बनाएर अघि बढ्नु पर्छ । यस प्रकारको आयोजनाले हरेक एनसीसीहरुलाई वर्ष भरि नै सकृय राख्नेछ ।

मध्यपूर्वमा कार्यरत नेपाली महिलाहरु छुट्टी पछि फेरी फर्किन नपाउने स्थिति छ । यसको समाधानको बाटो पनि यस भेलाले खोज्नु पर्नेछ । मानव संसाधन व्यवसायीलाई तिरस्कार गरिने परम्परा मध्यपूर्वमा व्याप्त छ । तिरस्कारको सट्टा यसलाइ कसरी व्यबस्थित गर्ने र उनीहरुलाई कसरी उत्तरदायी बनाउने भन्नेबारेमा पनि छलफल गर्दै समाधानको बारेमा योजना बनाउन पर्नेछ । घर विदामा गएर फर्किन चाहनु भनेको काम र प्राप्त गरिने सेवा सुविधा ठिकै भएर नै हो नराम्रो भए कोहि पनि फर्किन चाहँदैनन् भन्ने कुरा सरोकारवालाहरुलाई बुझाउन पर्ने छ । व्यवस्थित रुपमा मानव संसाधन व्यासाय गर्न बाध्य बनाउनु पर्छ भने अव्यवस्थित रुपमा यस्ता कारोबार गर्नेलाई कार्यवाही गर्न पनि यो संघ हिच्किचाउन हुदैन । सुरक्षित र मर्यादित वैदेशिक रोजगारीको नारा सफल पार्न गहन रुपमा यस विषयमा गहन छलफल र निश्कर्ष निकाल्नै पर्छ र यसको कार्यनव्ययन कसरी गर्ने भन्ने बारेमा रोडम्याप पनि तय गर्न पर्छ ।

ज्ञान शीप र उद्दमशीलताको यस भेलाको मुख्य नारा नै छ । आशा छ यस नाराको बारेका गहन छलफल हुनेछ र लागु पनि गरिनेछ । ज्ञान र शीप स्वदेशमा नै प्रयोग गर्ने वातावरण बनाउन नेपाल सरकारसंगको सहकार्यमा अघि बढ्नेछ भन्नेबारेमा आम नेपालीको रुपमा बुझेको छु । त्यतिमात्र नभइ निम्न वर्गीय कामका लागि आएका नेपालीहरुको ज्ञान बढाउन पनि यस भेलाले योजना तय गर्नुपर्नेहुन्छ भने हरेक एनसीसीले सम्बन्धित राज्यमा रहेका नेपालीहरुलाई केही समय ज्ञान र शीप आर्जन गर्न प्रोत्साहन गर्न पर्ने हुन्छ । हालको दिनमा VLT (Virtual Live Training) को व्यवस्था गर्न पनि सकिन्छ । २० लाख नेपाली कार्यरत रहेको मध्यपूर्वबाट २० जना मात्र यस नारामा सम्बन्धि कार्य गर्ने र फाइदा प्राप्त गर्दैमा समृद्धी आउनु हुदै होइन । अहिले सम्मको सदस्य संख्या र कार्य हेर्दा यही नै देख्निछ । Safety & Security, Information Technology Merchandize जस्ता विषयमा धेरै विज्ञहरु पनि छन् र उनीहरुलाई नै समाज सेवाको रुपमा परिचालन गर्दे ज्ञान र शीप बढाउन अन्य नेपालीलाइ सहयोग गर्न पर्छ ।

अन्तमा यस भेलाले मध्यपूर्वमा कार्यरत नेपालीहरुको हकहित र भविश्यमा स्वदेश फिर्ति सुरक्षित बनाउन सफल रहोस् । विगतका घोषणा पत्रहरुको लेखाजोखा सहित सुन्दा राम्रो लाग्ने भन्दा पनि लागु गर्न सकिने घोषणाहरु आउन । धेरै भन्दा धेरै नेपालीहरु लाभावन्ति हुन पाउन् । कार्यक्रम भव्य रुपमा सफल रहोस् ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...