Wednesday 26th August 2026

कामदार मागपत्रमा नेपाली दूतावास युएइको नक्कली छाप र किर्ते दस्तखत भेटियो


तितोपाटी – दुबईस्थित नेपाली दूताबासको नक्कली छाप र किर्ते दस्तखत गरेर राजधानीको एक म्यानपारव कम्पनीले वैदेशिक रोजगार विभागमा कीर्ते मागपत्र पेश गरेको पाइएको छ ।

राजधानीको बसुन्धारास्थित ग्रेट स्काई इन्टरनेशनल मेनपावर कम्पनीले यसरी कीर्ते मागपत्र ल्याएको खुलेको हो ।

कुनैपनि मेनवार कम्पनीले मागपत्र ल्याउनुअघि सम्बन्धित दूताबास वा सम्बन्धित देश हेर्ने दूतबासले राजदूतले प्रमाणिकरण गर्नुपर्ने नियम छ । तर ग्रेट स्काई इन्टरनेशनल मेनपावर कम्पनीले तयार पारेको मागपत्रमा प्रमाणीकरण नै नगराई फर्जी मागपत्र तयार पारेर विभागमा बुझाएको पाइएको हो ।

विभागले सोबारे राय लिनको लागि दूबईस्थित दूतबासमा पत्राचार गरेपछि कीर्तेको पर्दाफास हुन पुगेको हो ।

विभागले मंगलबार कीर्ते गर्ने कम्पनीमा छापा मारेर कागजात नियन्त्रणमा लिएको जनाएको छ । कम्पनीमाथि छानबिन गरेर कडाभन्दा कडा कारबाही गरिने पनि विभागले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...