Monday 26th October 2026

प्रियंकाले ‘भारत’ छोडिन्, सलमान अाक्रोसित बने


तितोपाटी – अमेरिकी गायक निक जोनससँग इन्गेजमेन्ट गरेर चर्चामा रहेकी अभिनेत्री प्रियंका चोपडाले फिल्म ‘भारत’ छोडेकी छिन्।

शुटिङ सुरु गरेको दुई दिनमै उनले फिल्मबाट हात झिकेपछि मुख्य अभिनेता सलमान खानले आक्रोश पोखेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार आफ्नो भुमिका साँघुरिएको र प्रेमी निकसँगको इन्गेजमेन्टलाई लिएर प्रियंकाले फिल्म छोडेकी हुन्।

निर्देशक अलि अब्बास जाफरसँग मिलेर ‘भारत’ निर्माण गर्न लागेका सलमान प्रियंकाले बीचमै साथ छोडेपछि नयाँ हिरोइनको खोजीमा जुटेका छन्। अब प्रियंकाको ठाउँमा कट्रिना कैफलाई ल्याउने उनको तयारी छ। सलमानले पछिल्लो फिल्म ‘टाइगर जिन्दा हे’मा कट्रिनासँग काम गरेका थिए।

साथै प्रियंकाले धोका दिएको भन्दै सलमान अब उनीसँग काम नगर्ने निष्कर्षमा पुगेको समाचारहरुमा जनाइएको छ।


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...