Friday 25th September 2026

मेसिनमा च्यापिएर मलेसियामा एक नेपालीको मृत्यु


तितोपाटी – मेसिनमा च्यापिएर मलेसियामा एक नेपालीको मृत्यु भएको छ। पानी भर्ने र बोतल प्याक गर्ने मेसिनमा च्यापिएर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका सुवास आचार्यको मृत्यु भएको हो।

२०७३ साल असोज ५ गते मलेसियाको भिसा लागेपछि बिदेसिएका आचार्य बिहिबार मेसिनमा च्यापिएको अवस्थामा मृत फेला परेको सुरक्षित आप्रबासन परियोजना (सामी) को दिक्तेलस्थित सूचना केन्द्रले जनाएको छ। आचार्य बैदेसिक रोजगारीका सिलसिलामा मलेसियास्थित डियु फिडर (एम–एसडिएन–डिएचडी) कम्पनीमा फ्याक्ट्री वर्करका रुपमा काम गर्न पुगेका थिए।

आवश्यक कागजात मिलाएर मृतकको शव स्वदेश फर्काउनका लागि पहल थालिएको सूचना केन्द्रले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...