Saturday 26th September 2026

साउदीमा अलपत्र ३८ नेपाली ४ दिनदेखि सडकमा भोकभोकै


तितोपाटी – साउदी अरबमा अलपत्र ३८ नेपाली चार दिनदेखि भोकै भएको पीडितहरुले बताएका छन् । गत सोमबार बेलुकीदेखि आफूहरु भोकै बस्न बाध्य भएका खोटाङ जालपाका शेषन श्रेष्ठले बताए । गत फागुन १ गते साउदी अरब पुगेका उनीहरु सम्झौताअनुसारको काम र तलब नपाउँदा अलपत्र परेका हुन् ।

अलपत्रमध्ये मकवानपुरका सूर्यबहादुर बम्जनका अनुसार खान, बस्न, पाकेको तलब उपलब्ध गराउन साउदीस्थित नेपाली राजदूतावासले निर्देशन दिएको तर अहिलेसम्म उपलब्ध गराएको छैन। उनीहरुको सम्पूर्ण व्यवस्थापनका लागि वैदेशिक रोजगार विभागले सम्बन्धित मेनपावर कम्पनीलाई निर्देशन दिइसकेको श्रेष्ठले बताए। उनीहरु क्याट्रिङको कामका लागि भन्दै काठमाडौं चाबहिल मित्रपार्कस्थित इम्पावर ओभरसिज प्रालिबाट सोनमार कन्ट्रक्टिङ ट्रेडिङ एडभरटाइजिङ एण्ड एडभरटाइजिङ कम्पनीमामार्फत साउदी पुगेका थिए।

साउदी पुगेयता नौ सय रियल मात्र पाएपछि नेपालीले एक दिन ड्युटी इन्कार गरेकाले कम्पनीले सडकमा निकालिदिएको हो। त्यसपछि खोटाङका धनीराम राई, अशोक तामाङ, अरुण तामाङ, राजन राई, जालपाका शेसन श्रेष्ठ, युवराज निरौला, डम्बर श्रेष्ठ, मेख निरौला, तेज श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, प्रेमचन्द्र तामाङ, कमल गुरुङ, भीम तामाङ, सोलुखुम्बुका गणेश हिङमाङ, सन्तोषकुमार बस्नेत, देबेन्द्र बस्नेत, चन्द्रप्रसाद हिङमाङ, निराजन दमाई, मानबहादुर खड्का, राष्टकुमार राई, जयकुमार राई, टंकबहादुर कार्की अलपत्र परेका हुन्।

यस्तै सिन्धुलीका चम्पक सुनुवार, दयाराम सुनुवार, भरत सुनुवार, मकवानपुरका साङ्गे ब्लोन, सूर्यबहादुर बम्जन, भोजपुरका सूर्यबहादुर तामाङ, सर्लाहीका भक्तबहादुर आलेमगर, शंकर बम्जन, म्याग्दीका डम्बर नेपाली, बाग्लुङका डम्बर सार्की, डडेलधुराका तेजबहादुर दमाई, कैलालीका नेता बन, दैलेखका दीपक गुरुङ, नारायण गिरी र रामेछापका केशव खड्का अलपत्र परेको सुरक्षित आप्रवासन परियोजना सामीको दिक्तेलस्थित सूचना केन्द्रकी सहायक परामर्शकर्ता बुनादेवी विश्वकर्माले जनाइन्।

क्याट्रिङको कामका लागि भन्दै काठमाडौं चाबहिल मित्रपार्कस्थित इम्पावर ओभरसिज प्रालिबाट सोनमार कन्ट्रक्टिङ ट्रेडिङ एडभरटाइजिङ एण्ड एडभरटाइजिङ कम्पनीमा पठाइएका उनीहरुले काम गरेपनि तोकिएको समयमा तलब नपाएपछि सोमबार ड्युटी जान इन्कार गरेका थिए। तलब नदिएपछि एक दिन ड्युटी छुटाएकामा कम्पनीले कोठाबाट झोला, कपडालगायत बन्दोबस्तीका सामग्री सडकमा निकालिदिएको जालपाका शेषन श्रेष्ठले बताए। काम गरेबापतको तलब असार ३१ गतेसम्ममा दिने शर्त कार्यान्वयन नभएपछि उनीहरुले एक दिन काम अस्वीकार गरेका थिए। अलपत्र युवाले युवाको उद्धारको माग गरेका छन्।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...