Thursday 22nd October 2026

जुम्लामा डा. केसिको समर्थनमा प्रदर्शन, गोली नै चल्यो, केसि काठमाण्डाैं अाउन तयार


तितोपाटी – जुम्लामा अनशन बसेका डा. गोबिन्द केसी काठमाडौं आउन तयार भएका छन् । उनले आफ्ना सहयोगी र लिनका लागि राजधानीबाट गएको टोलीसँग काठमाडौं जान सहमत भएको जनाएका हुन् । डा. केसीले स्थिति फरक भएकोले आफु राजधानी जान तयार भएको बताएका हुन् ।

सरकारले बिहिबार बिहान शिक्षा, विज्ञान तथा प्रविधि सचिव खगराज बराल र महानिर्देशक लोहनीलाई केसीको उद्धार गरी काठमाडौं ल्याउन हेलिकप्टर सहित जुम्ला पठाएको थियो ।

सरकारी टोलीमा स्वास्थ्य सचिव खगराज बराल, स्वास्थ्य विभागका महानिर्देशक गुणराज लोहनी, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाही, आन्तरिक मामिला मन्त्री नरेश भण्डारीलगायतको टोली विहान पौने १० बजे जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए।

२० दिनदेखि अनशनरत डा. केसीसँग वार्ता गर्न उक्त टोली अस्पताल परिसर प्रवेश गर्ने क्रममा डाक्टर केसीका

समर्थकहरू, स्वास्थ्यकर्मीहरूले विरोध जनाएका थिए।

वार्ता टोली जुम्ला पुगे पनि स्वास्थ्यकर्मी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी र नागरिक समाजका अगुवाहरू

ले डाक्टर केसीलाई भेट्न दिएका थिएनन् ।

जुम्लामा आमरण अनसन बसिरहेका प्राडा. गोविन्द केसीलाई सरकारको निर्देशनमा बिहीबार काठमाडौं पठाउन पुगेको कर्णालीका मुख्यमन्त्री र कानुनमन्त्रीको टोली अस्पतालबाट केसीलाई नभेटी फर्किएसँगै प्रहरीले लाठी चार्ज गरेको छ । अस्पताल परिसरमा प्रहरीले अन्धाधुन्द लाठी चार्ज र गाेली प्रयाेग गरेकाे छ । प्रहरीकाे गाेली लागेर अर्का प्रहरी घाइते भएका छन् । उनकाे छातीमा गाेली लागेकाे छ ।

गाेली लागेर घाइते प्रहरीकाे जुम्लामै उपचार भइरहेकाे छ।प्रहरीको लाठी चार्जबाट एक दर्जन बढी विद्यार्थी तथा चिकित्सकहरु पनि घाइते भएका छन्। समाचार स‌ंकलन गरिरहेका पत्रकार माथि पनि प्रहरीले अभद्र व्यवहार गरी लाठी चार्ज गरेको दृश्य खिचे क्यामरा फुटाइदिने धम्की समेत दिएका छन्।

बल प्रयोग गरेर भएपनि उपचारका लागि काठमाडौं पठाउन सरकारले निर्देशन दिएपछि त्यसको समन्वय गर्न कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कानुनमन्त्री नरेश भण्डारी कार्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए। उनीहरु अस्पताल भित्र प्रवेश गरेपनि डा. केसीलाई भने भेट्न पाएनन्। केसीको पक्षमा नाराबाजी गर्दै विद्यार्थीले बाटो छेकेपछि त्यहाँकै भीसीसँग केही बेर कुराकानी गरेर उनीहरु फर्किएका थिए।


सम्बन्धित शीर्षकहरु

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

प्रतिकृयाहरू
...