Saturday 26th September 2026

नुवाकोट,धादिङ,रसुवा,समाज,कुवेतको प्रथम अधिबेशन सम्पुर्ण कार्यक्रमको तयारी पुरा


बसन्त थापा कुवेत/नुवाकोट,धादिङ,रसुवा,समाज, कुवेतले प्रथम अधिबेशन तथा बृहत सांस्कृतिक कार्यक्रमको सम्पुर्ण तयारी पुरा गरेको छ ।

आउँदो जुलाई २० शुक्रबारका दिन कुवेत सिटीको खेतान स्थित राजधानी होटेलमा समय अनुसार दिउँसो १० बजे देखी कार्यक्रम सुरु हुने भएको छ ।

आपसी एकता हाम्रो उद्देश्य समृद्ध समाज निर्माण हाम्रो लक्ष्य, भन्ने मूल नाराका साथ स्थापना गरिएको समाजले आपतबिपतको समयमा कुवेतका नेपाली समुदायहरुमा सहयोग र सहकार्य गर्दै आएको छ।

कार्यक्रममा लोक गायक गायिका सहित बिभिन्न बिधाका कलाकार समुहहरूको एकल तथा बृहत सांस्कृतिक कार्यक्रम हुने भएकाले कार्यक्रम भरपुर मनोरंजनात्मक हुने कार्यक्रम संयोजक छिरिङ तामाङले तितोपाटी डट कमलाई जानकारी दिएका छन।

कार्यक्रमका प्रमुख अथिती नेपाली दूतावास कुवेतका महामहिम यज्ञ बहादुर हमाल को उपस्थित रहने भएको छ भने, कुवेतमा क्रियाशिल संघ- संस्था प्रमुखहरुको उल्यख्य उपस्थिति रहने समाजले बताएको छ।

समजका अध्यक्ष राकेश मनाङ्थेन तामाङका अनुसार कुवेतका संघ-संस्था तथा बुद्धिजीवी ब्याक्तित्व हरूलाई इ-मेल, पत्र मर्फत जानकारी गराई सकेको र कारणवस इ-मेल पत्र प्राप्त नभएको खण्डमा निम्न बिज्ञप्ति लाई आधार मानी सम्पुर्णमा उपस्थितिका निम्ति हार्दिक अनुरोध गरेका छन् ।

कार्यक्रम हुने विवरण

मिति – २० जुलाई
स्थान – खेतान राजधानी होटेल
समय – बिहान १० बजे देखी


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...