Saturday 24th October 2026

नुवाकोट,धादिङ,रसुवा,समाज,कुवेतको प्रथम अधिबेशन सम्पुर्ण कार्यक्रमको तयारी पुरा


बसन्त थापा कुवेत/नुवाकोट,धादिङ,रसुवा,समाज, कुवेतले प्रथम अधिबेशन तथा बृहत सांस्कृतिक कार्यक्रमको सम्पुर्ण तयारी पुरा गरेको छ ।

आउँदो जुलाई २० शुक्रबारका दिन कुवेत सिटीको खेतान स्थित राजधानी होटेलमा समय अनुसार दिउँसो १० बजे देखी कार्यक्रम सुरु हुने भएको छ ।

आपसी एकता हाम्रो उद्देश्य समृद्ध समाज निर्माण हाम्रो लक्ष्य, भन्ने मूल नाराका साथ स्थापना गरिएको समाजले आपतबिपतको समयमा कुवेतका नेपाली समुदायहरुमा सहयोग र सहकार्य गर्दै आएको छ।

कार्यक्रममा लोक गायक गायिका सहित बिभिन्न बिधाका कलाकार समुहहरूको एकल तथा बृहत सांस्कृतिक कार्यक्रम हुने भएकाले कार्यक्रम भरपुर मनोरंजनात्मक हुने कार्यक्रम संयोजक छिरिङ तामाङले तितोपाटी डट कमलाई जानकारी दिएका छन।

कार्यक्रमका प्रमुख अथिती नेपाली दूतावास कुवेतका महामहिम यज्ञ बहादुर हमाल को उपस्थित रहने भएको छ भने, कुवेतमा क्रियाशिल संघ- संस्था प्रमुखहरुको उल्यख्य उपस्थिति रहने समाजले बताएको छ।

समजका अध्यक्ष राकेश मनाङ्थेन तामाङका अनुसार कुवेतका संघ-संस्था तथा बुद्धिजीवी ब्याक्तित्व हरूलाई इ-मेल, पत्र मर्फत जानकारी गराई सकेको र कारणवस इ-मेल पत्र प्राप्त नभएको खण्डमा निम्न बिज्ञप्ति लाई आधार मानी सम्पुर्णमा उपस्थितिका निम्ति हार्दिक अनुरोध गरेका छन् ।

कार्यक्रम हुने विवरण

मिति – २० जुलाई
स्थान – खेतान राजधानी होटेल
समय – बिहान १० बजे देखी


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...