Monday 5th October 2026

महिलालार्इ सामुहिक बलात्कार गरी जिउँदै जलाइयो


तितोपाटी – भारतको उत्तर प्रदेशमा एक महिलालाई सामुहिक बलात्कार गरेर जिउँदै जलाइएको छ । महिलाले आफूलाई जलाउनुअघि प्रहरीलाई फोन गरेको तर, कुनै जवाफ नआएको उनका श्रीमानले बताएका छन् ।

घटना सम्भल जिल्लाको हो, जहाँ दुई सन्तानकी आमा ३५ वर्षकी महिलालाई ५ जनाले सामुहिक बलात्कार गरेका छन् । बलात्कारपछि महिलालाई घर नजिकैको यज्ञशालामा लगेर जिउँदै जलाएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

घटनामा संलग्न कोही पनि पक्राउ परेका छैनन् ।

मृतकका श्रीमानले प्रहरीमा दिएको जाहेरीअनुसार शनिबार राति करिव साढे २ बजेतिर बलात्कारीको समूह उनको घरमा पुगेको थियो । श्रीमान गाँजियावादमा काम गर्थे भने महिला आफ्ना दुई सन्तानका साथमा घरमा थिइन् ।

घटना भएको बेला भारी वर्षा भएको र महिलाले गुहार मागेपछि कसैले नसुनेको उजुरीमा उल्लेख छ । बलात्कारपछि त्यो समूह बाहिर गएपछि श्रीमतीले प्रहरीलाई १०० नम्बरमा फोन गरेपनि कुनै जवाफ नआएको उनले बताएका छन् ।

त्यसको केहीबेरमा फेरि त्यही समूह आएर महिलालाई घर बाहिर निकालेर यज्ञशालामा लगेर जलाएको उजुरीमा उल्लेख छ । प्रहरीले भने अनुसन्धान भइरहेको बताएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...