Saturday 26th September 2026

बलात्कारको अारोपमा अष्ट्रेलियामा १ जना नेपालीलार्इ ६ वर्ष भन्दा बढिको सजायँ


तितोपाटी – बलात्कारको आरोप लागेका एक नेपाली युवालाई मेलबर्नस्थित एक अदालतले साढे ६ वर्षको जेल सजाय सुनाएको छ ।

भण्डारी थरका २९ वर्षीय ती नेपाली युवाले करिब एक वर्षअघि २३ वर्षीया युवतीलाई यौन उत्पीडन गरेको र बलात्कार गरेको अभियोगमा अदालतले बिहीबार सजाय सुनाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

समाचारमा जनाइएअनुसार बारिस्टाको रुपमा काम गर्ने नेपाली युवाले ती युवतीसँगै पबमा बसेर मदिरा पिउनुका साथै एकआपसमा चुम्बन समेत गरेका थिए। पछि युवतीको अनुमतिमा उनकै घरमा बास बसेकाे र युवती सुतेको अवस्थामा शारीरिक उत्पिडन पुर्‍याएको र बलात्कार गरेको आरोप उनीमाथि लागेको थियो।

उक्त घटनाको बारेमा उजुरी परेपछि उनलाई अध्यागमनको हिरासतमा राखिएको थियो। ती युवाले आरोपलाई भने अस्वीकार गरेको बताइएको छ। निर्णय सुनाउने क्रममा न्यायाधीश रिर्चाड स्मिथले चुम्बनलाई शारीरिक सम्बन्धका लागि अनुमति मान्न नसकिने र युवतीले आफ्नो घरमा सुरक्षित महसुस गर्न पाउनुपर्ने बताएको उल्लेख गरिएको छ।
अष्ट्रेलियामा शारीरिक उत्पिडन र बलात्कारको घटनालाई गम्भीर रुपमा लिइने गरिन्छ। अष्ट्रेलियामा बलात्कारको अधिकतम् सजाय २५ वर्ष रहेको छ।

अष्ट्रेलियाको अदालती नियम अनुसार ती युवाले ४ वर्ष जेल सजाय पुरा गरेपछि परोलका लागि योग्य हुनेछन्। काम गर्ने भिषामा रहेका भनिएका उनी सजाय काटिसकेपछि सम्भवत: नेपाल फिर्ता पठाइने समेत उल्लेख गरिएको छ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...