Saturday 26th September 2026

लालीगुराँस साँस्कृतिक परिवारको वार्षिक उत्सव अतिथि कलाकारका साथमा भव्यरुपमा सम्पन्न


बसन्त थापा –लालीगुराँस साँस्कृतिक परिवार नेपाल कुवेतको आठौ बार्षिक उतस्व तथा बार्हौ कोसेली स्वरुप लालीगुराँस सांगितिक धमाका २०७५  जुलाइ ६ शुक्रबारका दिन कुवेत स्थित खेतानको ईन्डियन कम्युनिटी स्कुलको हलमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल बाट राष्ट्रिय कलाकारहरु र यहाका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो।

कार्यक्रमको संचानल बि बि.मल्ल ठकुरीले, निकै सौहार्द्रपूर्ण रूपमा संचालन गरेका थिए भने डिबी भुसालले सम्पूर्ण आगन्तुक दर्शक तथा कलाकारहरूलाई स्वागत मन्तब्य राखेर स्वागत गरेका थिए।

ब्यानर अनावरण, दीप प्रज्वलन तथा नेपाली राष्ट्रिय गान संगै केक काटेर सुरु गरिएको कार्यक्रमको सभापतित्व माधव पौडेल असल यात्री रहेका थिए।

कार्यक्रममा सँस्थाका अध्यक्ष पौडेलले कार्यक्रममा आसन ग्रहण गर्दै कार्यक्रमको बारेमा जानकारी दिएका थिए ।

नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिव ज्ञान बहादुर मगरको प्रमुख अातिथ्य एवं तृतीय सचिव शुरेश अधिकारीको विशेष अातिथ्यता सम्पन्न उक्त कार्यक्रमका अतिथिहरूमा सुदुरपस्चिम सेवा समाज कुवेतका अध्यक्ष अमर खड्का, कोसेली ग्रुप बाट- नबराज पन्थी, झापाली समाज कुवेतका अध्यक्ष- लोमास बास्तोला, एन आर एन ए कुवेतका सल्लाहकार सुरज मस्के, सुमित्रा पौडेल, चितवन सेवा समाज कुवेतका अध्यक्ष- नवीन लोप्चन, लगायत नेपाली समुदायका अग्रज तथा सामाजिक अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको थियो भने मन्तव्यकै क्रममा नेपाली दूतावासका दृतिय सचिव ग्यानेन्द्र मगर, र कोसेली समाजका अध्यक्ष नवराज पन्थी रहेका थिए।

कार्यक्रममा सोही संस्थाको समुहिक नृत्य रहेको थियो भने कुवेतका चर्चित गायक राजेन्द्र बिराही, राजु थापा, हास्य कलाकार- सोम रसाइली, सोनी गुरुङ, बिशाल, लगायतका स्थानीय कलाकाहरुले आ- आफ्नो प्रस्तुति दिएका थिए ।

त्यस्तै नेपालबाट अाएका अतिथि कलाकारहरू लोक दोहोरी गायिका – उमा श्रेष्ठ, लोक दोहोरी तथा आदुनिक गायक- अमृत खाती, र लोक दोहोरी गायिका बसन्ती थापा रहेका थिए भने उमा श्रेष्ठले आजकालका केटा हरु हुन्छन थरी थरी, अमृत खातिले ओके छत, बसन्ती थापाले, झ्याइ झ्याइ बाजा बजाउदै, डि बी. लोप्चनले मत हजुर नेपाली गोर्खालीको छोरो लगायत विभिन्न बोलको गीतमाहरुमा उपस्थित पुरै हलका दर्शकहरुलाई छ्म छम नचाएका थिए।

कार्यक्रममा सहयोग गर्ने दाताहरुको नामावली सुनाउन छोटो समय दिएको देखिन्थो भने कार्यक्रम एकदम शान्त वाताबरणमा सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा समाजले अबको केहि दिनमा नेपाल फर्किन लागेका डिबी लोप्चन, र मनोज मनसुनलाई बिदाइ गरेको थियो भने अथिती कलाकारहरुलार्इ खादा ओढाएर सम्मान गरेको थियो।

कार्यक्रमको अन्तमा लालीगुराँस परिवार कुवेतलाई बिभिन्न तहबाट सहयोग गर्नु हुने र साँस्कृतिक कार्यक्रमलाई भव्य तथा सभ्य रुपमा सफल बनाउन बिशेष योगदान दिनुहुने, पत्रकार,कलाकार, विभिन्न संघ सँस्थाका प्रतिनिधि लगायत कुवेतमा कार्यरत सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरु समस्त नेपालीजनहरुलार्इ हार्दिक धन्यवाद संगै कार्यक्रम समापनको घोषणा गरेका थिए।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...