Saturday 24th October 2026

कुवैत बाट मृगौला पिडित गुरुङलाइ सहयोगको अपिल


आर्थिक अभाबका कारण दुबै मृगौला फेलको समस्या बाट पीडित कमल गुरुङको उपचारमा समस्या आएको छ ।

केही समयअघि बाट दुबै मृगौलाको समस्या बाट पिडित कमल गुरुङ अहीले पोखराको चरक अस्पतालको बेडमा मृत्यु सैयामा छटपटाइ रहेका छन् । तत्कालै उपचार गर्न चिकित्सकले सल्लाह दिएपनि आर्थिक अभावका कारण समस्या भएको उनका साथी घनश्याम बस्ताकोटीले जानकारी दिए ।

मृगौला फेलको समस्या बाट पीडित कमल गुरुङ

स्यांजा जिल्ला चापकोट नगरपालिका वार्ड न . ७ स्थायी घर भयका गुरुङका एक छोरा एक छोरी छन् ।

दुबै मृगौला फेल भएकाले तत्काल सल्यक्रियागरी प्रत्यारोपण नगरे ज्यानै जान सक्ने डाक्टरले सल्लाह दिएपनि आर्थिक अभावकाकारण उपचारमा समस्या भएकाले इच्छुक व्यक्ति तथा संस्थाले आर्थिक सहयोग गरेर उनको ज्यान बचाइदिन घनश्याम बस्ताकोटीले सबैलाई सहयोगको अपिल गरेका छन् ।

सहयोग गर्न चाहने व्यक्ति संघसंस्थाले पीडित कमल गुरुङको मोबाइल नम्बर नेपाल -००९७७९८१७१०६५८७. घनश्याम बस्ताकोटीको कुवैत -००९६५६९९७०१५८ हेमन्त गुरुङको कुवैत -००९६५६५६०३८१०- मा सम्पर्क गर्न सक्नु हुने छ ।

साभार नेपाल दृष्टि


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...