Saturday 26th September 2026

१२ बर्षे बच्चालाई दुर्व्यहार गरी फरार हुने नेपाली महिलालाई इजरायल प्रहरीको खोजीकार्य तिब्र


तितोपाटी – इजरायल प्रहरीले १२ बर्षे बच्चालाइ दुर्व्यहार गरेको आरोपमा एक नेपाली महिलाको खोजीकार्य गरिरहेको छ | नेपाली महिला बिमा कुमारीले १२ बर्षको बच्चालाई दुर्व्यवहार गरेको भन्दै प्रहरीले फेसबुकपेजमा कुमारीको फोटो राख्दै खोजिरहेको जानकारी गराएको छ |

ति नेपाली महिला अहिले कहाँ र कस्तो अवस्थामा छन् भन्ने कुरा अझै अज्ञात रहेको छ । इजरायलमा रहेका नेपालीहरुको बिचमा यो समाचार फेसबुकका इनबक्समा भाइरल भैसकेको छ । नेपालीहरु बीच यो समाचार हिजो रातिदेखि भाइरल हुन् थालेपछि त्यहाँ कार्यरत नेपालीहरु अचम्मित परेका छन् ।
तस्विर सौजन्य :विमा कुमारी / इजरायली प्रहरीको फेसबुकपेजबाट

लामो समय देखि रोजगारीका लागि नेपालीहरु इजरायलमा केयर गिभर ‘सुसारे’ को रुपमा काम गर्दै आएका छन् । महिलाहरुको लागि काम गर्न अत्यत राम्रो ठाउँ मानिएको इजरायलमा करिब ८ बर्ष देखि बन्द रहेको छ ।

केहि समय अघि पनि नेपालीहरुले आफुले हेरविचार गर्ने बिरामीलाई कुटपिट गरेको कारण अझै पनि इजरायलको जेलमा नेपाली चेलीहरु रहेका छन् । केहि दिन अघि मात्र एक जना भारतीय महिलाले कुटपिट गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । ति भारतीय महीलाई पनि कुटपिट गरेको कारण २२ बर्ष जेल र ५० हजार जरीवाना गरिएको समाचार भाइरल बनेको थियो ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...